ब्रजिल, जर्मनी, स्पेन र अमेरिका पेरिस ओलम्पिकमा महिला फुटबलको सेमिफाइनलमा
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २० आइतबार
3.6k
Shares
काठमाडौँ । पेरिस ओलम्पिकको महिला फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति सम्पन्न क्वार्टरफाइनलका खेलहरु सकिएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।
क्वार्टरफाइनलमा ब्रजिलले फ्रान्सलाई १–० गोल अन्तरले पराजित गरेको छ भने जर्मनीले क्यानडालाई पेनाल्टी सुट आउटमा ४–२ ले पराजित गरेको छ ।
त्यस्तै स्पेनले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–२ अन्तरले पराजित गरेको थियो भने अमेरिकाले जापानलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।
अब सेमिफाइनलमा अमेरिकाले जर्मनीको सामना गर्ने छ भने ब्रजिलले स्पेनको सामना गर्नेछ । सेमिफाइनलका खेलहरु आगामी मंगलबार हुने छन् ।