arrow

पेरिस ओलम्पिकको टेनिसको स्वर्णपदक जोकोभिचलाई, हराए अल्कारेजलाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
djokovic-paris-olympic.jpg

काठमाडौँ । सर्बियन स्टार टेनिस खेलाडी नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा पुरुष सिंगल्समा स्वर्ण पदक जितेका छन् । उनले स्पेनिश खेलाडी एवं चिरपरिचित प्रतिस्पर्धी कार्लोस अल्कारेजलाई हराएर लगातार दोस्रो पटक विम्बल्डनमा आफ्नो हारको बदला लिएका छन् ।

रोमाञ्चक खेलमा जोकोभिचले अल्कारेजलाई ७–६ (७–३) र ७–६ (७–२) ले हराएका थिए । 

यो जितसँगै जोकोभिचले आफ्नो करियरमा पहिलो पटक ओलम्पिकमा स्वर्ण पदक जितेका छन् । त्यस्तै अल्कारेजले पहिलो ओलम्पिक पदक रजत पदक जितेका छन् ।



नयाँ