arrow

पेरिस ओलम्पिकः सय मिटर दौडमा लाइल्सलाई स्वर्ण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २१ सोमबार
nuha-niles-paris-olympic.jpg

काठमाडौँ । जारी पेरिस ओलम्पिकको पुरुष सय मिटर दौडमा अमेरिकाका नुह लाइल्सले स्वर्ण पदक जितेका छन् । योसँगै उनी विश्वका सबैभन्दा छिटो दौडिने व्यक्ति बनेका छन् ।

उनले सय मिटरको दूरी ९.७८४ सेकेन्डमा पार गरेका हुन् । त्यस्तै जमैकाका किशाने थम्पसनले सो दूरी ९.७८९ सेकेन्डमा पार गरेर रजत पदक जिते भने अमेरिकाकै फ्रेड केर्लीले ९.८१ सेकेन्डमा पार गर्दै कास्य पदक जितेका छन् ।  



नयाँ