- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पेरिस ओलम्पिकमा अहिलेसम्म ७६ देशले पदक जितेका छन् । मंगलबार सम्पन्न खेलपछि ४८ देशले स्वर्ण पदक जितेका छन् भने कुल ७६ देशले पदक जितेका छन् ।
जसमा अमेरिका २४ स्वर्ण, ३१ रजत र ३१ कास्य पदक जितेर शीर्ष स्थानमा रहेको छ भने चीन २२ स्वर्ण, २१ रजत र १६ कास्य पदक जितेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै अस्ट्रेलिया १४ स्वर्ण, १२ रजत र ९ कास्य पदकसहित तेस्रो स्थानमा रहेको छ भने आयोजक फ्रान्स १३ स्वर्णसहित १६ रजत र १९ कास्य पदक जितेर चौथो स्थानमा रहेको छ ।
त्यसैगरी ग्रेट ब्रिटेन १२ स्वर्ण, १५ रजत र १९ कास्य पदकसहित पाँचौँ स्थानमा रहेको छ । त्यस्तै दक्षिण कोरियाले ११ स्वर्ण, ८ रजत र ७ कास्य पदक जितेको छ भने जापानले ११ स्वर्णसहित ६ रजत र १२कास्य पदक जितेको छ ।
त्यसैगरी इटालीले ९ स्वर्ण, १० रजत र ७ कास्य पदक जितेको छ भने नेदरल्याण्ड्सले ८ स्वर्ण, ५ रजत र ६ कास्य पदक जितेको छ । त्यस्तै जर्मनीले ८ स्वर्ण, ५ रजत र ४ कास्य पदक जितेको छ भने क्यानडाले ६ स्वर्ण, ४ रजत र ८ कास्य पदक जितेको छ । त्यस्तै आयरल्याण्डले ४ स्वर्ण र ३ कास्य पद जितेको छ ।
त्यसैगरी न्यूजिल्याण्ड, रोमानिया, हंगेरी र स्वीडेनले ३–३ स्वर्ण पदक जितेका छन् भने ब्रजिल, युक्रेन, क्रोएसिया, बेल्जियम, हङकङ, अजरबैजान, फिलिपिन्स र सर्बियाले २–२ स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी इजरायल, स्पेन, जर्जिया, स्वीट्जरल्याण्ड, काजखस्तान, ग्रीस, दक्षिण अफ्रिका, केन्या, डेनमार्क, चाइनिज ताइपेइ, उज्बेकिस्तान, चेक रिपब्लिक, क्युबा, ग्वाटेमाला, बहराइन, अर्जेन्टिना, अल्जेरिया, चिली, डोमिनिक, इक्वेडर, स्लोभेनिया, सेन्ट लुसिया, नर्वे, र युगाण्डाले एक एक स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी अहिलेसम्म ओलम्पिक पदक जित्ने देशमा जमैका, मेक्सिको, उत्तर कोरिया, पोल्याण्ड, कोसोभो, टर्किए, अर्मेनिया, कोलोम्बिया, इथियोपिया, फिजी, मंगोलिया, थाइल्याण्ड, ट्युनिसिया, भारत, मोलडोभा, ताजखस्तान, डोमिनिका अस्ट्रिया, काबो भेर्ड़े, इजिप्ट, ग्रेनाडा, इन्डोनेसिया, लुथियाना, मलेसिया, अस्ट्रिया, इरान, पोर्चुगल र स्लोभाकिया रहेका छन् ।