arrow

सय ग्राम वजन बढी भएपछि ओलम्पिकको फाइनलमा पुगेकी भारतीय पहलमान फोगट अयोग्य

logo
हाम्रा कुरा
प्रकाशित २०८१ साउन २३ बुधबार
wines-fogat-paris-olympic.jpg

काठमाडौँ । पेरिस ओलम्पिकको स्वर्ण पदकका लागि फाइनलमा पुगेकी भारतीय पहलवान विनेस फोगट फाइनल खेल्न अयोग्य हुँदै बाहिरिएकी छिन् ।

भारतीय समाचार एजेन्सी पिटीआईका अनुसार ५० केजी समूहमा खेलिरहेकी फोगटको वजन सय ग्राम बढी भएका कारण उनलाई फाइनल खेल्न अयोग्य घोषित गरिएको हो । 

उनी गएराति क्युबाकी पहलमानलाई हराउँदै फाइनलमा पुगेकी थिइन् ।  

फोगट अयोग्य भएसँगै यस ओलम्पिकमा उनको स्वर्ण सपना तुहिएको छ । मंगलबार उनले तीन खेलाडीलाई हराएर फाइनलमा ठाउँ बनाएकी थिइन् । 

तर अयोग्य घोषित भएसँगै उनले कुनै पनि पदक जित्ने छैनिन् । उनले गरेको अपील पनि खारेज भएको छ ।



नयाँ