- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पेरिस ओलम्पिकको कुस्तीको ५० केजी तौल समूहको फाइनलमा बढी तौलका कारण अयोग्य भएकी भारतकी खेलाडी विनेश फोगाटले कुस्तीलाई अलबिदा गरेकी छन् ।
पेरिस ओलम्पिकको फाइनलबाट बाहिरिएपछि विनेशले सामाजिक सञ्जालमार्फत कुस्ती छोडेको घोषणा गरेकी हुन् ।
विनेशले लेखेकी छन्, ‘आमा, कुस्तीले मलाई जित्यो, म हारेँ । माफ गर तिम्रो सपना, मेरो हिम्मत टुट्यो । मसँग अहिले यो भन्दा बल छैन । अलबिदा कुश्ती २००१–२०२ ।’ उनले अगाडि लेखेकी छिन्– ‘म तपाईहरु सबैको सधै ऋणी रहनेछु । क्षमा ।’
उनलाई बुधबार ५० केजी समूहको फाइनलमा पुगेर स्वर्ण पदकको खेल खेल्नुअघि उनको तौल १०० ग्राम बढी भएको भन्दै फाइनल खेल अयोग्य घोषित गरिएको थियो ।
उनको तौल ५० केजी १०० ग्राम रहेको थियो । उनले आफ्नो बढेको तौल घटाउन रातभर अभ्यास गरेकी थिइन् । कपाल काटेकी थिइन् । नङ काटेकी थिइन् । पातला र छोटा कपडा लगाएकी थिइन् । र पनि सय ग्राम बढी भयाे ।