कीर्तिमानी पदकधारी पलेशा काठमाडौँ आउँदै, यो रुटमा बुधबार बिहान नगरपरिक्रमा
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ १८ मंगलबार
8k
Shares
काठमाडौँ । पेरिस पारालिम्पिकमा कास्य पदक जितेर कीर्तिमान रच्न सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगरपरिक्रमा गराइने भएको छ ।
पलेशा बुधबार बिहान काठमाडौँ आउँदै छन् । नेपाली खेलकुद इतिहासमा पहिलो पटक ओलम्पिकमा पदक जितेकी पलेशालाई बुधबार बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिने राष्ट्रिय खेलकुद परिषदले जानकारी दिएको छ ।
परिषदका अनुसार साढे ८ बजेदेखि नगर परिक्रमाको कार्यक्रम शुरु हुनेछ ।
उनलाई एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा स्वागत गरिने परिषद्ले जानकारी दिएको छ ।