arrow

मुल्तानमा ब्रुक र कुक बने सुल्तान, पाकिस्तानविरुद्ध थुप्रै कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २५ शुक्रबार
england-test-24-10-11.jpg
तस्बिर – गेटि इमेजेज ।

काठमाडौँ । पाकिस्तान र इङ्गल्याण्डबीच पाकिस्तानको मुल्तानमा भएको पहिलो टेष्ट क्रिकेटमा इङ्गल्याण्डले विश्व कीर्तिमान रच्न सफल भएको छ । 

पाकिस्तान भने घरेलु मैदानमै पहिलो इनिङ्समा ५५६ रन बनाएर पनि हार खाने विश्वकै पाँचौँ राष्ट्र बनेको छ । 

तीन खेलको श्रृंखलाको पहिलो खेल इङ्गल्याण्डले एक इनिङ्स र ४७ रनले जितेको हो । पाकिस्तानले पहिले ब्याटिङ गर्दै तीन खेलाडीको शतकको मद्धतले १४९ ओभरमा ५५६ रन बनायो । 

कप्तान शान मसुदले १५१, सल्मान आघाले अविजित १०४ तथा अब्दुल्लाह शफिकले १०२ रन बनाए । ज्याक लिचले ३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले १५० ओभरमा ७ विकेट गुमाएर ८२३ रन बनाउँदै इनिङ्स समाप्तिको घोषणा गर्यो । 

ह्यारी ब्रुकले ३१७ तथा जो रुटले २६२ रन बनाए । बेन डुकेटले ८४ तथा जाक क्रलीले ७८ रन बनाए । 

जवाफमा पहिलो इनिङ्समा २४७ रनले पछि परेको पाकिस्तान ५४.५ ओभरमा अलआउट हुँदै २२० रनमा समेटियो । 

यो हारसँगै पाकिस्तान तीन खेलको श्रृंखलामा १–० ले पछि परेको छ ।

के के बने कीर्तिमान ? 
१,
पाकिस्तान टेष्ट क्रिकेट इतिहासमा ५०० रन बनाएर पनि पराजय बेहोर्ने पाँचौँ टिम बन्यो । सन् १८७७ मा पहिलो आधिकारिक टेष्ट खेलिएकामा पहिलो पटक कुनै टिमले यसरी पराजय बेहोरेको हो । पाकिस्तानले पछिल्लो ४४ महिनादेखि कुनै टेष्ट घरेलु मैदानमा जित्न सकेको छैन । 

यसअघि सन् २०२२ मा न्यूजिल्याण्ड इङ्गल्याण्डविरुद्ध ५५३ रन बनाए पनि पराजित भएको थियो । बंगलादेश सन् २०१७ मा ८ विकेटको क्षतिमा ५९५ रन बनाएर इनिङ्स समाप्ति गरे पनि पराजित भएको थियो । अष्ट्रेलिया सन् २००३ मा भारतसँग ५५६ रन बनाए पनि पराजित भएको थियो । अष्ट्रेलिया सन् १८९४ मा इङल्याण्डविरुद्ध ५८६ रन बनाए पनि पराजित भएको थियो । 

२, पहिलो इनिङ्समा तीन खेलाडीले शतक बनाएर पनि पराजय भोग्ने पाकिस्तान पहिलो टिम बनेको छ । 

३, इङ्गल्याण्डले कीर्तिमानी ८२३ रन बनायो । २४ वर्षको इतिहासमा कुनै पनि टिमले ५५६ रनको सामना गर्दा उल्टै यति ठूलो स्कोर खडा गर्न सकेको थिएन । 

४, इङ्गल्याण्डको स्कोर टेष्ट इतिहासकै सबैभन्दा बढी रनमा चौथो ठूलो योगफल हो । यसअघि सन् १९९७ मा श्रीलंकाले भारतविरुद्ध ६ विकेटको क्षतिमा ९५२ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गर्दै सर्वाधिक रन बनाएको थियो । 

सन् १९३८ मा इङ्गल्याण्डले अष्ट्रेलियाविरुद्ध ७ विकेटको क्षतिमा ९०३ रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । 

सन् १९३० मा इङ्गल्याण्डले वेष्ट इन्डिजविरुद्ध ८४९ रन बनाएको थियो । चौथो ठूलो स्कोरको रुपमा फेरि पनि इङ्गल्याण्डले पाकिस्तानविरुद्ध सन् २०२४ मा ७ विकेटको क्षतिमा ८२३ रन बनायो । 

सन् १९५८ मा वेष्ट इन्डिजले ३ विकेटको क्षतिमा ७९० रन बनाएर इनिङ्स समाप्तिको घोषणा गरेको थियो । 

५, उत्कृष्ट रनरेटले इङ्गल्याण्डले ८२३ रन बनायो । इङ्गल्याण्डले ५.४८ को रन रेटमा उक्त योगफल बनाएको हो । जुन अहिलेसम्मकै उत्कृष्ट हो । 

यसअघि सन् २०२३ मा श्रीलंकाले आयरल्याण्डविरुद्ध ४.६६ तथा सन् २००९ मा भारतले श्रीलंकाविरुद्ध ४.४४ को रनरेटमा ब्याटिङ गरेको थियो । 

६, जो रुटले टेष्ट इतिहासमा सयौँ २५० प्लस स्कोर बनाए । उनले ३७५ बलमा २६२ रन बनाए । यो टेष्ट इतिहासको एक सयौँ २५० प्लस स्कोर हो । सन् १९०३ मा पहिलो पटक इङ्गल्याण्डका टिप फेस्टरले २५० भन्दा बढी रन बनाएका थिए । २५ औँ अष्ट्रेलियाका बोक कापरले इङ्गल्याण्डविरुद्ध, ५० औँ दक्षिण अफ्रिकाका ग्यारी क्रिष्टनले इङ्गल्याण्डविरुद्ध सन् १९९९ मा बनाएका थिए । ७५ औँ भारतीय वीरेन्द्र सहवागले सन् २००९ मा श्रीलंकाविरुद्ध बनाएका थिए भने सयौँ जो रुटले बनाएका हुन् । 

७, ब्रुक र रुटले सबैभन्दा बढी रनको साझेदारी गरेका छन् । चौथो विकेटका लागि उनीहरुले ४५४ रन बनाए । कुनै पनि विकेटका लागि यो साझेदारी विदेशमा सबैभन्दा ठूलो साझेदारी हो । सन् १९३४ मा अष्ट्रेलियाका डोनाल्ड ब्रेडमयान र बिलप ोन्सफोर्डले इङ्गल्याण्डमा ४५१ रन बनाएका थिए । तेस्रो ठूलो साझेदारी श्रीलंकाका जयवर्धने र समरविराले पाकिस्तानविरुद्ध ४३७ रन बनाएका थिए । 

८, ब्रुकले दोस्रो सबैभन्दा छिटो तेहेरो शतक बनाए । उनले ३१० बलमा तेहेरो शतक बनाएका हुन् । भारतीय वीरेन्द्र सहवागले दक्षिण अफ्रिकाविरुद्ध २७८ बलमै तेहेरो शतक बनाएका थिए । तेस्रो स्थानमा अष्ट्रेलियाका च्याथ्यु हेडेन छन् । उनले ३६२ बलमा जिम्बाब्वेविरुद्ध तेहेरो शतक बनाएका थिए । चौथो रेकर्ड सहवागकै नाममा छ । उनले ३६४ बलमा पाकिस्तानविरुद्ध तेहेरो शतक लगाएका थिए ।

९, इङ्गल्याण्डका दुई खेलाडीले पहिलो पटक एकै इनिङ्समा २५० प्लस स्कोर बनाउने कीर्तिमान रचेका छन् । ब्रुकले ३१७ तथा रुटले २६२ रनब नाए । तेस्रो पटक यो कीर्तिमान बनेको हो । यसअघि सन् १९५८ मा वेष्ट इन्डिजका कोनराड हन्टे र ग्यारी सोबर्सले पाकिस्तानविरुद्ध यो योगफल बनाएका थिए । 

त्यस्तै सन् २००६ मा श्रीलंकाका कुमार सांगाकारा र माहेला जयवर्धनेले दक्षिण अफ्रिकाविरुद्ध यो कीर्तिमान रचेका थिए ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ