arrow

ललितपुर महानगरको आतिथ्यता

प्रधानमन्त्री भन्छन् – नगर प्रहरी देखेर जनताले रक्षक आए भनुन्, तर्सेर नभागुन् [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २ मंगलबार
kp-oli-chiribabu-81-9-2.jpg

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकारहरु जनताप्रति सेवाभावका साथ उत्तरदायी भएर प्रस्तुत हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको स्थापना दिवसमा अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभइ रक्षकको पर्याय बनेकामा प्रशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिएका हुन् ।

‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नु पर्छ, नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन’, प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनु पर्छ । हामीभित्र घमण्ड पस्नु हुँदैन । तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।

व्यवस्था बदलियो, अवस्था बदलिएन भन्ने भ्रम फैलाइएका प्रति सचेत हुन आग्रह गर्दै प्रधानमन्त्री ओलीले मुलुकका व्यवस्था परिवर्तनपछि पूर्वाधार विकास र रोजगारीवृद्धिका साथै थुप्रै ठूला उद्योगहरु सञ्चालनमा आएको दाबी गरेका छन् ।

अहिलेको नाजुक अवस्थालाई सम्हालेर केही वर्षभित्र नेपाललाई माथि उठाउन सरकार दत्तचित्त भएर लागेको पनि उनले बताए । मानिसका छोराछोरीलाई सडकमा अलपत्र पार्न नदिने र विसं २०८२ भित्र सडक मानवमुक्त नेपाल बनाउन काम भइरहेको जानकारी दिए ।

आफू पहिला प्रधानमन्त्री हुँदा नौ लाख मानिसलाई निरपेक्ष गरिबीको रेखाबाट तल झारिएको सन्दर्भ पनि प्रधानमन्त्री ओलीले स्मरण गरेका छन् ।

विभिन्न क्षेत्रमा योगदानकर्तालाई महानगर गौरव सम्मानबाट पुरस्कृत गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले महानगरपालिकाको एकद्वार प्राणली, विद्युतीय नक्सापास प्रणाली र फोहर सङ्कलनका लागि मोबाइल एप्सको शुभारम्भ गरेका थिए ।

यसअघि काठमाडौँ महानरपालिकाको ३० औँ महानगर दिवसमा भने मेयर वालेन्द्र साह (बालेन) ले प्रधानमन्त्रीलाई बोलाएका थिएनन् ।

उनले उपराष्ट्रपति रामसहायप्रसाद यादवलाई प्रमुख अतिथि बनाएका थिए । 

तर ललितपुरका मेयर चिरिबाबु महर्जनले भने प्रधानमन्त्री ओलीलाई प्रमुख अतिथि बनाएका हुन् । 

lalitpur-day-81 (1).jpg
lalitpur-day-81 (2).jpg
lalitpur-day-81 (3).jpg
lalitpur-day-81 (4).jpg
lalitpur-day-81 (5).jpg
lalitpur-day-81 (6).jpg
lalitpur-day-81 (7).jpg
lalitpur-day-81 (8).jpg
lalitpur-day-81 (9).jpg
lalitpur-day-81 (10).jpg
lalitpur-day-81 (11).jpg
lalitpur-day-81 (12).jpg
lalitpur-day-81 (13).jpg
lalitpur-day-81 (14).jpg
lalitpur-day-81 (15).jpg
lalitpur-day-81 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ