केपी ओलीका निजी चिकित्सक दिलिप बने वीर अस्पतालका निर्देशक
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
1k
Shares
काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत रहेका शर्मा निर्देशकमा नियुक्त भएका हुन् ।
न्याम्स ऐन अनुसार उपकुलपति डा भुपेन्द्र बस्नेतले आइतबार सहकुलपतिसमेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा दिलीप शर्मा, डा समाज गौतम र डाअनुपमा कार्कीको नाम सिफारिस गरेका थिए ।
गौतम र कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका हुन् । उनी नेकपा एमालेनिकट हुन् । एमालेकै नेताका रुपमा परिचित निर्देशक डा सन्तोष पौडेलको दुई वर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।
डा शर्माले यसअघि मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा अयोग जस्ता निकायमा समेत जिम्मेवारी बहन गरेका थिए ।
मन्त्री पौडेल कांग्रेस केन्द्रीय सदस्य भए पनि उनको भन्दा प्रधानमन्त्रीको जोड चलेको हो । डा गौतमको सम्भावना बढी देखिएको भए पनि ओलीले आफ्नै निजी चिकित्सकलाई निर्देशकको जिम्मेवारी दिएका हुन् ।