प्रधानमन्त्री ओलीले सांसदहरुको प्रश्नको जवाफ दिँदै, यस्तो छ प्रतिनिधि सभाको सम्भावित कार्यसूची
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
3.6k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ ।
त्यस्तै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन वटा विधेयक प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री ओलीसँग आज सांसदहरुले पछिल्लो राजनीतिक अवस्थासँगै भ्रष्टाचारका विषयमासमेत प्रश्न उठाउने बुझिएको छ ।
गत फागुनदेखि राजावादीहरु एकाएक सल्बलाएपछि गणतन्त्रवादी दलहरु आत्तिएका छन् । के साँच्चिकै गणतन्त्रको जग यति कमजोर छ त ? भन्ने प्रश्न उठेको छ ।