arrow

प्रम ओलीले जवाफ नदिएसम्म संसद् चल्न नदिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १५ शुक्रबार
madhav-sapkota-12-14.jpg

काठमाडौँ ।नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जवाफ नदिएसम्म संसद चल्न नदिने बताएका छन् । उनले संसद्ले बनाएको प्रधानमन्त्री संसद्प्रति जबाफदेही हुनुपर्ने बताए । उनले सरकारलाई खबरदारी गर्ने थलो संसद भएको बताए । 

उनले नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशकलाई मन्त्रिपरिषद्को निर्णयले पदमुक्त गरेकाले विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने माग गरेको बताए । उनले सरकारले बदनियत राखेर काम गरेकाले संसद्मा उभिएर जवाफ दिने हिम्मत नगरेको आरोप लगाए । कुशासनको बाटोमा लागेको सरकारलाई विपक्षीहरुले सुशासनको बाटोमा आउन खबरदारी गरेको उनको भनाइ छ ।

उनले भने, ‘ पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणमा सरकारले जुन ढङ्गले झम्टँदै आइराखेको थियो पछिल्लो समय जे निर्णय ग¥यो यसका बारेमा के कस्तो कारण यी सबै घटनाक्रम भयो भनेर हामीले प्रधानमन्त्रीबाटै जवाफको माग गरेका हौँ । प्रधानमन्त्री र सरकार संसद्सँग जिम्मेवार छैन भन्ने कुरा पनि आजको घटनाले पुष्टि गरेको छ । सडकभरी जनता उत्रिएका छन्, हामी सबै विपक्षी दलका सांसदहरु संसद्मा उभिएर उनको जवाफ माग गरिरहेका छौँ ।’

सांसद सापकोटाले वर्तमान सरकार बिचौलियाहरूले बनाइ दिएको र उनीहरूकै स्वार्थ पूरा गर्न उनीहरूकै हितमा चलेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ