arrow

एमाले संसदीय दलको बैठक

ओलीको आरोप - प्रचण्ड जनप्रतिनिधिलाई निष्प्रभावी बनाउने खेलमा [भिडियो]

संसद चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ, उहाँ सम्पर्कमा आउन चाहिँ रहनुभएको छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १९ सोमबार
oli-19.jpg

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काममा लागेको आरोप लगाएका छन्।

सोमबार बानेश्वरमा आयोजित संसदीय दलको बैठकमा सांसदहरूलाई सम्बोधन गर्दै ओलीले दाहाल संसद सञ्चालन गर्नको लागि सम्पर्कबाट तर्किरहेको बताए। उनले आफूले मंगलबार संसद सञ्चालन गरौँ भनेर दाहालसँग सम्पर्क गर्न खोजे पनि उनी सम्पर्कमा नआएको जिकिर गरे।

"भोलि संसद चलाउँ भनेर मैले प्रचण्डजीसँग पनि कुरा गर्न खोजेँ। हामी लिडरहरूका बीचमा अलिकति छलफलहरू पनि गरौँ भनेर। उहाँ सम्पर्कमा आउन चाहिँ रहनुभएको छैन। उहाँलाई थाहा नभएको होइन, उहाँलाई धेरैतिरबाट खोजि गर्दा पनि फेला पर्नुभएको छैन," अध्यक्ष ओलीले भने, "उहाँहरू कुरा नगर्ने, बन्द गर्ने मुडमा हुनुहुन्छ होला। संसद यस्ता नचाहिने कुरामा संसदको कारबाही रोकेर, देशको, विकासको गतिलाई अवरुद्ध गर्ने खालका काम, जनप्रतिनिधिहरूलाई निष्प्रभावी बनाउने काम, असफल बनाउने काम निरर्थक ढंगले भइरहेको छ।"

अध्यक्ष ओलीले विकासको गतिलाई अवरुद्ध गर्ने र जनप्रतिनिधिहरूलाई निष्प्रभावी तथा असफल बनाउने काम निरर्थक भएको भन्दै यस्ता अनावश्यक गतिविधिहरू रोक्न जरुरी रहेको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ