arrow

प्रधानमन्त्रीको चौथो कार्यकालको पहिलो निर्णय नै अपूरो, अचानक पुगे क्रिकेट मैदानमा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २५ आइतबार
oli-tu-ground-82-2-25 (9).jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्माणाधीन पारापिटको अवलोकन गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले गरिरहेको काम हेर्न ओली आज कीर्तिपुर पुगेका हुन् । 

गत फागुनदेखि क्रिकेट मैदानको पारापिट निर्माणको काम भइरहेको छ । पारापिट निर्माणको ठेक्का बीकेओआई–केसीडीसी–बिजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा पाएको छ ।  

गत वैशाख २४ सम्म काम सक्ने समय तोकिएकोमा अहिलेसम्म पनि पूरा भएको छैन । समयमा काम नसकिएपछि प्रम ओली काम छिटो गर्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्री ओली २०८१ असार ३० गते चौथो कार्यकाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । साउन १ गते उनले शपथ लिएका थिए । कार्यभार सम्हाल्दै उनले तीन सय दिनभित्र त्रिवि क्रिकेट मैदानलाई पारापिट र फ्लडलाइटसहितको अन्तर्राष्ट्रिय मैदानमा सुधार गर्ने बताएका थिए । उनको तीन सय दिन पूरा भइसकेको छ । 

ओलीले हस्ताक्षर गरेको पहिलो काम पनि पूरा नहुँदा उनी आलोचित भइरहेका छन् । 
 

oli-tu-ground-82-2-25 (12).jpg
oli-tu-ground-82-2-25 (11).jpg
oli-tu-ground-82-2-25 (10).jpg
oli-tu-ground-82-2-25 (8).jpg
oli-tu-ground-82-2-25 (7).jpg
oli-tu-ground-82-2-25 (6).jpg
oli-tu-ground-82-2-25 (5).jpg
oli-tu-ground-82-2-25 (4).jpg
oli-tu-ground-82-2-25 (3).jpg
oli-tu-ground-82-2-25 (2).jpg
oli-tu-ground-82-2-25 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ