प्रधानमन्त्रीले गराए स्पेन भ्रमणबारे संसदलाई जानकारी: नेपालको हित र पहिचान मुखरित भएको दाबी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २३ सोमबार
759
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो हालैको स्पेन भ्रमणका क्रममा नेपालको हित, नेपालको पहिचान र नेपालको आवाजलाई सशक्त रूपमा उठाएको बताएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा स्पेन भ्रमणबारे जानकारी गराउँदै उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले स्पेन भ्रमणका क्रममा नेपालजस्ता भूपरिवेष्ठित र अल्पविकसित राष्ट्रहरूको आवाजलाई मुखरित गर्ने काम गरेको दाबी गरे। उनले यस पटकको भ्रमणमा नेपालले एक प्रकारले नेतृत्वदायी भूमिका खेलेको पनि बताए। "यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान, नेपालको आवाज, त्यो मात्रै होइन, हामी जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरूको आवाजलाई मुखरित गर्ने काम गरेका छौं। एक ढंगले नेतृत्वदायी भूमिका समेत खेलेका छौं," प्रधानमन्त्री ओलीले भने।
प्रधानमन्त्री ओलीले भ्रमणका क्रममा रियल मड्रिड रङ्गशालाको अवलोकन गरेको र त्यसबाट दुई देशको खेलकुद सम्बन्ध अभिवृद्धि गर्ने तथा नेपालको खेलकुद र रङ्गशाला कसरी अघि बढाउने भन्ने सन्दर्भमा थप जानकारी पाएको पनि बताए।