arrow

प्रधानमन्त्रीले साउन ७ गते संसदमा जवाफ दिने

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ३१ मंगलबार
kp-oli-23.jpg

काठमाडौँ। प्रतिनिधि सभाको आगामी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ले सांसदहरूका प्रश्नको जवाफ दिने भएका छन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले साउन ७ गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने जानकारी दिए।

प्रतिनिधि सभा नियमावली, २०७९ को परिच्छेद ९ अनुसार, प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने व्यवस्था छ।

सभामुख घिमिरेले समूह दशमा रहेका सांसदहरूलाई साउन २ गते दिउँसो १ बजेभित्र प्रतिनिधि सभाका सचिवसमक्ष प्रश्न बुझाउनसमेत आग्रह गरेका छन्।

प्रश्नोत्तर कार्यक्रममा सांसदहरूले प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित विषयमा प्रश्न सोध्न सक्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ