नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका कामहरू गरिरहेको छ: प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २ शुक्रबार
675
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले आफ्नो सामर्थ्यअनुसार विकासका कामहरू गरिरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा ’नेपाल चीन संस्कृति शिखर सम्मेलन, २०२५’ को शुभारम्भ गर्दै उनले यस्तो भनाइ राखेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालले आफ्नो क्षमताअनुसार विकासका कामहरूलाई अगाडि बढाइरहेको उल्लेख गरे। उनले मित्रताका लागि गच्छ (क्षमता) नचाहिने भन्दै आफ्नो सामर्थ्यअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको बताए। उनले नेपाल र चीनबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे।
"नेपाल आफ्नो गच्छअनुसार विकासका काममा अघि बढिरहेको छ," प्रधानमन्त्री ओलीले भने, "आफ्नो गच्छअनुसार गति अघि बढाइरहेको छ। मित्रताका लागि गच्छ चाहिँदैन। यसै गर्न सकिन्छ। गच्छअनुसार पारस्परिक सम्बन्धलाई पनि अघि बढाइरहेको छ। हाम्रो यो सम्बन्ध आगामी दिनमा अझ व्यापक हुँदै जानेछ।"
प्रधानमन्त्री ओलीले नेपाल—चीनबीचको मैत्री सम्बन्धलाई अगाडि बढाउने सन्दर्भमा कुनै पनि काम गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।