arrow

संसदमा प्रधानमन्त्री

युवालाई स्वदेशमै रोक्न र फर्किएकाको सीप प्रयोग गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
oli-parliament-04-04.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमै रोजगारीका अवसर सिर्जना गरी युवाहरूलाई विदेश पलायन हुनबाट रोक्ने र विदेशबाट फर्किएकाहरूको पुँजी तथा सीपलाई उत्पादनमूलक क्षेत्रमा लगाउने सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन्।

प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले २०८२ देखि २०९२ सालसम्मलाई 'आन्तरिक रोजगार प्रवर्द्धन दशक' घोषणा गरेको जानकारी दिए। उनले यसलाई 'उत्पादनशीलता दशक' को रूपमा पनि लिएको बताए।

प्रधानमन्त्रीका अनुसार, उद्योग र पर्यटनजस्ता विकासका प्रमुख क्षेत्रहरूमा निजी तथा सरकारी लगानी बढिरहेकाले ती क्षेत्रहरूमा उल्लेख्य रोजगारी सिर्जना हुने सम्भावना छ। उनले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई 'राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम' मा रूपान्तरण गरी अझ सीपमूलक र परिणाममुखी बनाउने योजना रहेको पनि बताए।

प्रधानमन्त्री ओलीले आगामी दशकलाई रोजगारी र उत्पादनशीलता वृद्धि गर्ने युगको रूपमा विकास गर्ने सरकारको लक्ष्य रहेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ