arrow

प्रतिशोधले फसाइन्छ

राजनीतिमा को कतिबेला जेल पर्छ भन्न सकिँदैन : ओली [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ११ आइतबार
oli-09-11.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिमा को कतिबेला जेल पर्छ भन्न नसकिने बताएका छन्। आइतबार बालुवाटारमा बिपी कोइराला राष्ट्रिय पुरस्कार २०८१ बारे आयोजित कार्यक्रममा बोल्दै उनले पूर्वाग्रह र प्रतिशोधका कारण पनि नेताहरूलाई जेलमा राख्ने गरिएको बताएका हुन्।

प्रधानमन्त्री ओलीले दरबार हत्याकाण्डपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन कब्जा गरेर दलहरूमाथि प्रतिबन्ध नलगाए पनि नेताहरूलाई जेल हालेको स्मरण गराए। उनले सरकारी राज्यका निकायहरूलाई छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने र फसाउने काम भएको बताए।

"राजनीतिमा कतिबेला को जेल पर्छ, पर्दैन भन्न सकिँदैन," प्रधानमन्त्री ओलीले भने, "पूर्वाग्रह, प्रतिशोध। अस्तिमात्रै दरबार हत्याकाण्डपछि ज्ञानेन्द्र शाहले शासन कब्जा गरेपछि दलहरूमाथि प्रतिबन्ध नभए पनि प्रतिबन्ध त लागेकै थियो, नेताहरूलाई सबैलाई घरघरमा, जेलमा लगेर थुन्ने, सरकारी राज्यका निकायहरू छोडेर आफ्ना खुशीले अराएका मान्छेले मुद्दा लगाउने, फसाउने ति काम त मान्छेलाई, नेताहरूलाई मुद्दा लगाउनका लागि एउटा शाही छानबिन आयोग कि के भनेर ज्ञानेन्द्र शाह भ्रष्टाचार विरोधी देखिएर शेरबहादुर देउवाका विरुद्ध एउटा शाही आयोगले मुद्दा चलायो। यो भन्दा ड्रामा अर्को के हुन्छ, यो ड्रामालाई अर्को के नाम दिने। यस्ता ड्रामालाई अस्तिसम्म पनि लड्न परेकै हो।"

प्रधानमन्त्री ओलीले बिपी कोइरालाका धेरै आयामहरू रहेको पनि बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ