arrow

प्रधानमन्त्री ओलीको निर्देशन: दशौँ राष्ट्रिय खेलकुद मङ्सिरभित्र सम्पन्न गर्न चुस्त तयारी थाल्नू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
oli-khelkud.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिरभित्र सम्पन्न गर्नेगरी चुस्त र प्रभावकारी तयारी गर्न युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनले यो निर्देशन दिएका हुन्।

आगामी सन् २०२६ मा जापानमा हुने एसियन गेमको पूर्वसन्ध्यामा आयोजना हुन लागेको यस राष्ट्रिय खेलकुदलाई विशेष महत्त्वका साथ हेरिएको छ। प्रधानमन्त्री ओलीले प्रतियोगिताको मिति र स्थानको राम्रो अध्ययन गरेर मात्र निर्णय गर्न र एकपटक निर्णय गरिसकेपछि परिवर्तन नगर्न पनि आग्रह गरे। परिषद्का संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रालय र परिषद्को नेतृत्वबीच उचित समन्वय हुनुपर्नेमा पनि जोड दिए।

छलफलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्साल, राखेपका उपाध्यक्ष ध्रुव आचार्य, सदस्यसचिव टङ्कलाल घिसिङ लगायतका पदाधिकारीहरूको सहभागिता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ