'समृद्ध नेपाल, सुखी नेपाली भन्दा ठूलो लक्ष्य हुन सक्दैन' [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १६ शुक्रबार
637
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले 'समृद्ध नेपाल र सुखी नेपाली' बनाउने लक्ष्यभन्दा ठूलो र पवित्र उद्देश्य अर्को हुन नसक्ने बताएका छन्। शुक्रबार भक्तपुरमा आयोजित वाग्मती प्रदेशलाई पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार यस राष्ट्रिय आकांक्षालाई पूरा गर्न प्रतिबद्ध रहेको बताए।
प्रधानमन्त्री ओलीले नेपाललाई समृद्ध, आधुनिक र विकसित देश बनाउँदै नेपाली जनतालाई सुखी बनाउने लक्ष्यलाई 'महान् गन्तव्य'को संज्ञा दिए। उनले यो गन्तव्यमा पुग्नका लागि सरकारले स्वास्थ्य क्षेत्रमा 'निरोगी नेपाल' को लक्ष्य राखेको उल्लेख गरे।
उनले निरोगी नेपालको अर्थ केवल मानव मात्र नभई सम्पूर्ण पशुपंक्षी, वनस्पति र वातावरणलाई पनि निरोगी राख्नु हो भन्ने धारणा राखे। "जहाँ कुनै किसिमको विषादी खान नपरोस्," उनले भने। प्रधानमन्त्री ओलीले रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।