arrow

ओलीका कुरा

'बीपीको बौद्धिकताका कारण गणेशमान कांग्रेसमा लाग्नुभयो' [भिडियो]

गणेशमानलाई कम्युनिष्ट पार्टीमा ल्याउन सकिन्थ्यो,धर्मभक्त माथेमा नेपालका पहिलो बडिबिल्डर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
olissss-.jpg

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले गणेशमान सिंहलाई कम्युनिष्ट पार्टीमा ल्याउन सकिने अनुमान गरेका छन्। शनिबार नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८औँ स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, "गणेशमानजीसँग अलि सघन कुराकानी भएको भए कम्युनिष्ट पार्टीमै आउनुहुन्थ्यो होला।" तर, उनले बीपी कोइरालाको बौद्धिकताको प्रभावका कारण सिंह नेपाली कांग्रेसमा लागेको बताए।

प्रधानमन्त्री ओलीले धर्मभक्त माथेमा नेपालका पहिलो बडिबिल्डर भएको दाबी पनि गरेका छन्। उनले माथेमाले नै राजा त्रिभुवनलाई बडिबिल्डिङ सिकाएको र उनीअघि नेपालको इतिहासमा अर्को बडिबिल्डर नभएको बताए।

त्यसैगरी, प्रधानमन्त्रीले शहीद गंगालाल श्रेष्ठलाई नेपालको पहिलो मानव अधिकार संस्थाका संस्थापक र पहिलो राजनीतिक भाषण गर्ने व्यक्ति भएको बताए। गंगालालले वि.सं. १९९५ मा मानव अधिकारसम्बन्धी भाषण गरेका थिए र १९९७ मा इन्द्रचोकमा खुला राजनीतिक भाषण गरेपछि भूमिगत हुनुपरेको ओलीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ