arrow

के भयो राष्ट्रपति र प्रधानमन्त्रीबीच कुराकानी ?

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १७ शनिबार
ramchandra-poudel-kp-oli.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शनिबार दिउँसो भेटवार्ता भएको छ । प्रधानमन्त्री ओली राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका थिए ।

भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको  सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ  । 

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा सहभागी हुन आइतबार त्यसतर्फ जान लागेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ