'आफूले भनेका कुरा गलत भए भुक्तानी दिन तयार छु' [भिडियो]
ज्ञानेन्द्र शाहलाई 'असली राजा' नभएको आरोप, दरबार हत्याकाण्डपछि 'कुसको राजा' को रूपमा ल्याइएको तर्क
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
810
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले व्यक्त गरेका कुनै पनि कुरा गलत प्रमाणित भएमा त्यसको भुक्तानी दिन आफू तयार रहेको बताएका छन्। आइतबार बालुवाटारमा आयोजित 'लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोह' मा बोल्दै उनले सरकारलाई 'शासक' नभई 'व्यवस्थापक' र 'सेवक' का रूपमा परिभाषित गर्नुपर्नेमा जोड दिए।
समारोहमा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्र शाहलाई 'असली राजा' नभएको आरोप लगाएका छन्। उनले ज्ञानेन्द्रलाई दरबार हत्याकाण्डपछि 'कुसको राजा' को रूपमा ल्याइएको भन्दै नेपालमा वास्तविक राजतन्त्रको अन्त्य राजा वीरेन्द्र र युवराज दीपेन्द्रको मृत्युसँगै भएको टिप्पणी गरे।
ओलीले २००७ सालमै राजा त्रिभुवन दिल्ली भागेको घटनालाई स्मरण गर्दै त्यसबेला अग्रज नेताहरूले राजालाई फर्काउने निर्णय नगरेको भए २०६५ सालसम्म सामन्ती शासन भोग्नुपर्ने अवस्था आउने थिएन भन्ने धारणा व्यक्त गरे। उनले राजतन्त्रलाई 'षड्यन्त्रकारी' शासन भएको आरोप लगाउँदै २०६५ साल जेठ १५ गतेको घटनापछि मात्र नेपालले लोकतन्त्रको सही मार्ग पाएको बताए।
प्रधानमन्त्री ओलीले आफूलाई गाली गर्न चाहनेहरूले शब्दकोष पल्टाएर गाली गर्न सक्ने तर आफू तथ्यमा आधारित रहेर बोल्ने भएकाले आफ्ना कुरा गलत भएमा तत्काल भुक्तानी दिन तयार रहेको बताए।