arrow

तुर्कमेनिस्तानमा प्रधानमन्त्री ओलीको उच्चस्तरीय विषयगत राउण्ड टेबल सत्रलाई सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २२ बिहिबार
oli-turkministan-82-4-22.jpg

तुर्कमेनिस्तान । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भूपरिवेष्टित मुलुकको दिगो पूर्वाधार, सम्पर्क सञ्जालको सबलीकरण र अवरोधरहित पारवहन प्रणाली’ विषयक उच्चस्तरीय विषयगत राउण्ड टेबललाई सम्बोधन गरेका छन् । 

भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको अन्तिम दिन आज प्रधानमन्त्रीले उक्त सत्रलाई सम्बोधन गरेका हुन् ।

ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन आइतबार मध्यरात तुर्कमेनिस्तानतर्फ प्रस्थान गरेका थिए ।

तुर्कमेनिस्तानका राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका महासचिवको निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा भाग लिन गएका हुन्।

यो सम्मेलन साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा भइरहेको छ। नेपाल हाल एलएलडीसी समूहको अध्यक्ष रहेकोले प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको रूपमा सम्मेलनलाई सम्बोधन गरेका छन् ।

सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित देशका प्रतिनिधिहरू सहभागी छन्। यसको मुख्य उद्देश्य समुद्री पहुँचको अभाव, अन्तर्राष्ट्रिय व्यापारमा पारवहनको समस्या, र विश्व बजारबाट लाभ लिन नसक्नु जस्ता चुनौतीहरूको समाधानका लागि छलफल गर्नु हो।

सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू र संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्री, र उच्च सरकारी अधिकारीहरू लगायतको सहभागिता रहेको छ।

प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ