प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेललाई भेटेर दिए जानकारी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
651
Shares
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको सो भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानमा हालै सम्पन्न भएको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगष्ट २०२५) आयोजना भएको सो सम्मेलनमा सहभागी भएर शुक्रबार मध्यरातमा स्वदेश फर्किएका हुन् ।
आजको भेटवार्तामा समसामयिक अन्य विषयमा पनि छलफल भएको सचिवालयले जनाएको छ ।