नेपालगञ्ज-नयाँ दिल्ली हवाई उडानका लागि भारतसँग छलफल गर्ने प्रधानमन्त्रीको आश्वासन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
548
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली समक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी-व्यवसायीले नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज-नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो ।
मागपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू यसका लागि सकारात्मक रहेको र भारत सरकारसँग छलफल गरिने विश्वास दिलाए ।
उनले नेपालगञ्ज विमानस्थलको धावनमार्ग थप विस्तार र जमिन संरक्षणलगायत काममा चासो दिन आग्रह गरे । रासस