मदन भण्डारी फाउण्डेशन पार्टीले बनाएको होइन - ओली [भिडियो]
प्रतिष्ठानहरू 'ठगी खाने भाँडो' का रूपमा स्थापित हुनु नहुनेमा जोड
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २६ सोमबार
649
Shares
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशन पार्टीले नबनाएको स्पष्ट पारेका छन्। सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानका नवनिर्वाचित अध्यक्षलाई शपथ ग्रहण गराउँदै उनले यस्तो बताएका हुन्।
उनका अनुसार, मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा श्रद्धाञ्जली दिन नपाउने स्थिति बनेपछि फाउण्डेशन बनेको हो, तर यो पार्टी वा आन्दोलनप्रति निष्ठाका साथ जन्मिएको भने होइन।
प्रधानमन्त्री ओलीले पुष्पलाल प्रतिष्ठान र मनमोहन प्रतिष्ठान भने पार्टीले नै बनाएको उल्लेख गर्दै नेताहरूको नाममा प्रतिष्ठानहरू स्थापना गरेर पछि व्यक्तिहरूले हडप्ने परिपाटीको अन्त्य हुनुपर्ने बताए। उनले प्रतिष्ठानहरू 'ठगी खाने भाँडो' का रूपमा स्थापित हुनु नहुनेमा जोड दिए।
ओलीले भने, "हाम्रा संस्थाहरू एकदमै सामूहिक संस्था हुनुपर्छ।" उनले विगतमा केही व्यक्तिहरूले पद नछोडी प्रतिष्ठानलाई कब्जा गर्ने र त्यसलाई व्यक्तिको स्वार्थका लागि प्रयोग गर्ने गरेको टिप्पणी पनि गरे।