बहुविवाहलाई कुनै पनि हालतमा मान्यता दिइने छैनः प्रधानमन्त्री ओली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २९ बिहिबार
551
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान नगरिने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले बहुविवाहलाई मान्यता दिने गरी सरकारले कानुन ल्याउने भनी चलेका हल्लाहरूको खण्डन गरेका हुन्।
प्रधानमन्त्रीले सामाजिक जागरण, सामाजिक न्याय र महिला अधिकारका लागि संघर्ष गरेका पार्टीहरूको सरकारले यस्तो कानुन ल्याउन नसक्ने स्पष्ट पारे। उनले भने, "सरकारले थाहा पाएको छैन, मैले थाहा पाएको छैन। बहुविवाहलाई मान्यता दिने गरी कानुन ल्याउन लागिएको छैन। बहुविवाहलाई कुनै पनि हालतमा मान्यता प्रदान गरिनेछैन।"
प्रधानमन्त्री ओलीले अहिलेको समय एकताबद्ध भएर देशमा सुशासन र विकासको गतिलाई अगाडि बढाउनुपर्ने बताए।