arrow

केपी ओली नेपालको सबैभन्दा अहंकारी प्रधानमन्त्री : माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक १२ बुधबार
madhav-kumar-nepal-12-07-082.jpg

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी शर्मा ओली नेपालको सबैभन्दा अहंकारी प्रधानमन्त्री भएको आरोप लगाएका छन् । काठमाडौँमा बुधबारबाट शुरू भएको पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नेकपा एमाले विभाजन गरेर नेकपा एस बनाउने कुराको औचित्य पुष्टि नभएको भन्ने कुरा ओली सामु आत्मसमर्पण गर्नुबाहेक अरू केही नभएको जिकिर समेत गरे ।

एमाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्नेकुरा बाहेक अरु केही हुन नसक्ने उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसै कारण आफूहरुले नयाँ पार्टी निर्माण गरेर अघि बढ्नुपरेको स्पष्ट पारे ।

सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्यूत गर्ने काम जेन-जी आन्दोलनले गरेको भन्दै अध्यक्ष नेपालले ओलीको शासनको बारेमा धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता नभएको बताए । 

ओलीको पार्टी सञ्चालनको तरिकाको बारेमा पनि आफूहरू सबै भुक्तभोगी भएको अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले भने, ‘सत्तामा बसेका अत्यन्तै अहंकारी प्रधानमन्त्री केपी ओलीलाई सत्ताबाट च्यूत गर्ने काम भयो । उनको शासनको बारेमा धेरै लामो व्याख्या गर्नुपर्ने आवश्यकता छैन । पार्टी सञ्चालनको उनको तरिकाको बारेमा पनि हामी सबै भुक्तभोगी पनि भएका छौँ । त्यसो हुनाले हामीले तिनका विरुद्धमा, एमालेको नेतृत्वको विरुद्धमा हामीले विद्रोहको कुनै औचित्य छैन भन्ने कुराको कुनै तर्क, दम पनि छैन । यी सबै घटनाले त्यसलाई पुष्टि गरेको छ । र अहिले पनि हामीले ठीक गरेका थियौं भनेर यो प्रतिवेदनमा पनि अनेकौँ कारण उल्लेख गरिएको छ । यसभन्दा पहिले पनि हामीले महाधिवेशनमा पनि हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ भन्ने अनुमोदन गरेका छौँ । केन्दिय कमिटी बैठकमा पनि हामीले पास गरेका छौँ । र अहिलेको घटनाक्रमले झन प्रष्ट पारेको छ । त्यसो हुनाले विद्रोहको कुनै औचित्य थिएन, नयाँ पार्टी खोल्ने कुराको कुनै अर्थ थिएन भन्नु भनेको केपी ओलीको सामु लम्पसार पर्ने, आत्मसमर्पण गर्नेकुरा बाहेक अरु केही हुन सक्दैन । त्यो हामीलाई मन्जुर भएन, स्वीकार्य भएन । त्यसो भएको हुनाले देशभरका कार्यकर्ताको त्यो प्रवृत्तिका विरुद्ध जुध्नका लागि तयार भए । र, हामीले आफै पार्टी नयाँ पाटी निर्माण गर्यौँ ।’

ओली प्रवृत्ति मञ्जुर नभएपछि पार्टी कार्यकर्ताकै बेलामा नेकपा एस निर्माण गर्नुपरेको समेत अध्यक्ष नेपालले स्पष्ट पारे ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ