arrow

रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु, घाइते ८० मध्ये अधिकांश गम्भीर 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष ३० बुधबार
train-fire-26-1-14.jpg

थाइल्याण्ड । थाइल्याण्डमा ६५ फिट माथिबाट उच्च गतिको यात्रुवाहक रेलमाथि क्रेन खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार दुर्घटनामा २२ जनाको मृत्यु हुँदा ८० यात्रु घाइते भएका छन् । 

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ। रेलवे पुल निर्माणमा क्रेन प्रयोग भइरहेको थियो। दुर्घटनाको समयमा रेलमा १९५ जना सवार थिए। अधिकारीहरूका अनुसार अधिकांश यात्रुहरू स्कूलका विद्यार्थीहरू थिए ।

क्रेन खस्दा रेलको झ्याल फुटेको थियो भने रेल क्षतिग्रस्त भएको थियो । रेल पटरीबाट खस्ने बित्तिकै रेलमा आगो लागेको थियो । उद्धार टोलीले घाइते यात्रुहरूलाई उद्धार गरेर नजिकैका अस्पतालहरूमा लगेको छ ।

दुर्घटनाको समयमा रेल लगभग १२० किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गरिरहेको थियो । 

घटनास्थलमा रहेका एक स्थानीय बासिन्दाले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार उनले ठूलो आवाज सुनेका थिए र त्यसपछि दुईवटा विस्फोट भएका थिए।

"के भएको थियो भनेर हेर्न जाँदा, मैले एउटा यात्रुवाहक रेलमा क्रेन पल्टिएको देखेँ। क्रेनबाट धातुको एउटा टुक्रा रेलको बीचमा ठोक्कियो र यसलाई दुई टुक्रा पार्यो," बासिन्दाले भने।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ