arrow

मुआब्जा विवादले पूर्व–पश्चिम रेल्वेको काम ठप्प: १४ जनाको रकम नपाउँदा भङ्गाहा-बर्दिबास खण्ड प्रभावित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ५ बिहिबार
train-malbahak-.jpg
तस्बिर फाइल

काठमाडौँ । लामो समयदेखिको मुआब्जा विवादका कारण महोत्तरीको बर्दिबास क्षेत्रमा पूर्व–पश्चिम विद्युतीय रेल्वेको निर्माण कार्य रोकिएको छ। बर्दिबास नगरपालिका भित्रका १४ जना जग्गाधनीलाई मुआब्जा वितरण गर्न नसक्दा भङ्गाहाबाट बर्दिबाससम्मको रेलमार्ग निर्माण कार्य पूर्ण रूपमा प्रभावित भएको हो।

भारत सरकारको सहयोगमा भारतको जयनगरदेखि महोत्तरीको भङ्गाहा नगरपालिकासम्म रेल सेवा सञ्चालनमा आइसकेको छ। तर, त्यसभन्दा अगाडिको खण्डमा मुआब्जा विवाद सुल्झिन नसक्दा काम अगाडि बढ्न सकेको छैन।

रेल विभागका अनुसार, ती १४ जना प्रभावितलाई करिब ७ देखि ८ करोड रुपैयाँ मुआब्जा वितरण गर्न बाँकी रहेको छ। विभागले उक्त रकम निकासाका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग लिखित अनुरोध गरिसकेको जनाएको छ।

बर्दिबासका स्थानीय पीडितहरू मुआब्जाका लागि पटकपटक रेल विभाग र सम्बन्धित निकायमा धाउँदा पनि कुनै सुनुवाइ नभएको गुनासो गर्छन्। उनीहरूले यसअघि नै काम रोक्ने चेतावनी दिएका थिए। निरन्तरको बेवास्तापछि बाध्य भएर उनीहरूले बर्दिबासमा भइरहेको रेल्वे मार्गको निर्माण कार्य रोकिदिएका हुन्।

विकास निर्माणको यो महत्त्वपूर्ण आयोजना अवरुद्ध हुँदा स्थानीय तहदेखि केन्द्रसम्म यसको छिटो समाधान खोज्नुपर्ने माग उठ्न थालेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ