arrow

नेपालको सिस्टममा चिनियाँ अनलाईन भुक्तानी सेवाप्रदायक, राष्ट्र बैंकले दियो प्रमाणपत्र

logo
प्रकाशित २०७६ साउन ७ मंगलबार
nrb-union.png

काठमाडौं । नेपालको विभिन्न स्थानमा कारोबार गरेपनि वीच्याट र अलि पे मार्फत् चीनमा भुक्तानी गर्दै आएका चिनियाँ व्यवसायीहरुलाई व्यवस्थित गर्नको लागि चिनियाँ अनलाइन पेमेन्ट कम्पनीहरु नेपालको सिस्टमसँग जोडिएका छन् ।

यो पनि पढ्नुहोस् 

१. नेपालमा व्यवसाय चीनमा भुक्तानी : स्रोतको अभावले आन्तरिक राजश्व विभाग निरीह

लामो समयसम्म गैरकानूनी रुपमा भुक्तानी गर्दै र स्वीकार्दै आएका चिनियाँ व्यवसायीहरुलाई लक्षित गरेर चिनियाँ अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी राष्ट्र राष्ट्र बैंकमा आधिकारिक रुपमा दर्ता भएको हो । लामो प्रक्रियापछि चीनको सांघाईमा दर्ता भएको युनियन पेले नेपाल राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएको छ । 

यो पनि पढ्नुहोस् :

२. वि च्याटबाट हुने हुण्डी रोक्न सरकारी सक्रियता, आईआरडी र राष्ट्र बैंकले चाल्यो कदम

जुलाई १५ मा नै स्वीकृत भएको सो अनुमती पत्रलाई चिनियाँ राजदूत ह्यु यान्क्वीले मंगलबार सार्वजनिक गरेकी हुन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालले हस्ताक्षर गरेको सो प्रमाणपत्रमा पेमेन्ट सिस्टम अप्रेटरको रुपमा काम गर्नको लागि सो कम्पनीलाई स्वीकृति दिईएको उल्लेख छ । हाम्राकुरा डटकमले चिनियाँ रेस्टुरेन्टमा व्यापक मात्रामा वीच्याट र अलि पे मार्फत् भुक्तानी भईरहेको भन्ने समाचार पटक पटक प्रकाशित गरेपछि नेपाल राष्ट्र बैंकले यस विषयमा सक्रियता जनाउँदै यसरी दर्ता नभई कारोबार गर्नु अबैधानिक हुने घोषणा गरेको थियो ।

यो पनि हेर्नुहोस् :

. वि च्याट र अलिपे मार्फत् ठगिँदै सरकार, नेपालमा कारोबार चीनमा भुक्तानी 

साथै तत्काल दर्ता नभए कारबाही समेत गर्ने भनेर चेतावनी दिएपछि चिनियाँ दूतावासका अधिकारीहरुले राष्ट्र बैंक लगायत अधिकारीहरुसँग भेट गरी आफूहरु नेपालको सिस्टममा जोडिन चाहेको बताएका थिए । चिनियाँहरुले काठमाडौंको ठमेल, पोखरा र धुलिखेलमा समेत सञ्चालनमा ल्याएका विभिन्न रेस्टुरेन्टहरुमा वि च्याट र अलि पे मार्फत् भुक्तानी गर्दा नेपाल सरकार भने दैनिक उनीहरुबाट ठगिने गरेको प्रामाणहरुसहित हाम्राकुराले समाचार प्रकाशित गरेको थियो । प्राप्त प्रमाणका अनुसार नेपाल आउने चिनियाँ पर्यटकहरुले र चीनसँग व्यापार गर्ने नेपाली व्यापारीहरुले समेत विच्याट र अलिपे मार्फत् हुण्डीको समेत कारोबार गर्ने गरेको भेटिएको थियो। 

यो पनि पढ्नुहोस् :

. चिनियाँ कब्जामा ठमेल, पलपलमा रुन्छन् व्यवसायी र घरधनी

चीनको बैंकमा खाता भएकाहरुको सहयोगमा ठमेलको एक रेस्टुरेन्टमा पुगेर विच्याट मार्फत् रकम भुक्तानीको लागि आग्रह गर्दा रेस्टुरेन्ट सञ्चालकले सहजै भुक्तानी ग्रहण गरेका थिए । यस्तो समस्या काठमाडौंको ठमेलमा रहेका रेस्टुरेन्टहरुमा मात्रै नभएर काठमाडौंको महाबौद्ध, पोखरा र धुलिखेलमा समेत व्याप्त छ । चिनियाँ व्यवसायीहरुले चिनियाँहरुलाई केन्द्रीत गरेर नै नेपालमा व्यवसाय गर्ने गरेका हुन्छन् भने नेपाल आएका चिनियाँहरुले पनि कारोबार विच्याट र अलिपे जस्ता माध्यमबाट नै गर्ने गरेका छन् । 

यो पनि हेर्नुहोस् :
५‍. हुण्डी चलाउने चिनियाँ रेष्टुरेन्टहरुलाई कारबाही गर्ने बाटो खुल्यो, हुनसक्छ ४ वर्षसम्म कैद

स्थलगत रिपोर्टिङको क्रममा नेपाल र चीनबीच व्यापार व्यवसाय गर्नेहरु मध्ये अधिकांशले विच्याट र अलिपे चलाउने गरेको भेटिएको थियो । उनीहरुले चीनमा सामान किन्दा पनि सोही माध्यमबाट भुक्तानी गर्नेगर्दा यहाँ हुण्डीको समेत कारोबार चलिरहेको भेटिएको हो । उनीहरुले सामान खरीद गर्नको लागि पठाउने पैसा समेत विच्याट र अलिपे मार्फत् नै पठाउने गरेका छन् । कुराकानीको क्रममा यसरी हुण्डीको कारोबार हुने कुरालाई तिनै रेष्टुरेन्टका सञ्चालकले समेत अप्रत्यक्ष रुपमा स्वीकार गरिँदै आएको थियो। 

यो पनि पढ्नुहोस् 

- चीनले भन्यो 'नेपालमा वी च्याट र अलि पेको भुक्तानी व्यवस्थित गर्न तयार छौं' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ