arrow

के हो आत्मज्ञान, कस्ले दिलाउन सक्छ ?

logo
गुरुशिष्य,
प्रकाशित २०७६ पुष ११ शुक्रबार
guru-nanak1.jpg

काठमाडौं। ब्रह्माले गरेको आत्माज्ञानको चर्चा सुनेपछि देवताका राजा इन्द्र र असुर सम्राट विरोचनले ज्ञान प्रप्तिको उद्देश्यले दुवैले बत्तीस वर्षसम्म ब्रह्माजीको सेवा गरे। तपस्या गरे । त्यसपछि  ब्रह्माजीले भने,'  हे देव असुर ! जब आत्मज्ञान हुन्छ त संसारबाट निवृत्ति हुन्छ । व्यक्तिले असीम आनन्दलाई प्राप्त गर्छ ।' दुवैले भने, ' हे बह्मदेव ! हामीलाई आनन्द त प्राप्ति भएन तर हामीले आफुले आफुलाई चिन्यौ । हामी जलाशयमा गएर आफुले आफुलाई हेरेर आयौं ।'

ब्रह्माजीले भने, 'अब तिमीहरु केहि आभूषण लगाएर जाओ । खुब सज्जिएर जाओ फेरि हेर्नु कि के देखिन्छ ? तब तिमीहरुको बुझाइमा आउनेछ कि आत्माज्ञान के हो ?'

दुबै आफ्नो शरीरलाई खुब सजाएर पोखरी पुगे । पोखरीमा आफ्नो सुन्दर शरीर, अनुहारको प्रतिबिम्बलाई हेरेर निकै प्रसन्न भए । आफ्नो सुन्दर अनुहार एवं सुदृढ शरीरलाई देखेर विरोचनले सोचे, 'अब मैले आफुले आफुलाई जाने । मैले जाने कि म को हुँ । म त शरीर हुँ - यहि आत्मज्ञान हो ।' मनमा सो निर्णय गरेर उनी पातल लोक फर्किए र आफ्नो शरीरको पुजा गर्न थाले । हेरचाह गर्न थाले।  यसलाई सुन्दर राख्नुपर्छ नत्र आत्मज्ञान कुरुप हुनेछ भन्न थाले।

इन्द्रदेव ब्रह्मदेव भएको ठाँउमा गए र भने, ' बह्मदेव ! मेले कुरा बुझिन। मैले पहिले आफुले आफुलाई हेर्दा नांगो देखे पुन: जादा देखे कि म आभुषणले सज्जिएकोछु  । तर महाराज म यो बुझ्न चाहन्छु कि जुन चिजले यो शरीर धारण गरिरहेको छ त्यो के हो ?  जसरी शरीरले आभुषणलाई धारण गरेको छ यसै प्रकार त्यो तत्व के हो - त्यसको ज्ञान म प्राप्त गर्न चाहन्छु ।' ब्रह्मजीले भन्न थाले, 'इन्द्रदेव तिमिले आत्मज्ञानको वास्तविक आधारलाई बुझेका छौ । त्यसलाई प्राप्ति गर्नको लागि अरु सेवा गर ।' इन्द्रले पुन: बत्तीस वर्ष सेवा गरेपछि ब्रह्मदेवले उनलाई आत्मज्ञान प्रदान गरे ।

भन्नुको मतलब यस जगतमा दुई मार्गहरु छन् -एक प्रवृत्ति मार्ग र अर्को निवृत्ति मार्ग। प्रवृत्ति मार्ग अर्थात 'खानु, पीउनु र आनन्द गर्नु', तर केवल खादै-पिउनाले मात्र  मानिसले आनन्दलाई प्राप्त गर्न सक्दैन । विदेशमा मानिसहरुले प्रचुर मात्रामा खान पाइरहेका छन्, पिउनलाई हेरक चिज मिलेको छ तर फेरी पनि त्यहाँका मानिसहरुले शान्ति महसुस गरिरहेका छैनन् ।

शान्तिलाई, आनन्दलाई प्राप्त गर्नको लागि हामी निवृत्ति मार्गलाई अपनाउनुपर्नेछ, मनलाई विषय-वासनाबाट हटाउनुपर्नेछ, आफु भित्र जाग्‍नु पर्नेछ, सद्गुरुको शरणमा गएर आत्मज्ञान प्राप्त गर्नुपर्नेछ, तब हाम्रो जीवनमा स्थायी सुख-शान्ति आउनेछ । भनिएको छ :-
बन्दउँ गुरु पद कंज, कृपासिन्धु नर रूप हरि।
महामोह तम पुंज, जासु वचन रवि करनि कर।

म आफ्नो गुरु महाराजको चरण कमलको वन्दना गर्छु जसको वचनले सूर्यको किरणको काम गर्छ । अब रविको किरण के हो ? रविको किरण हामीलाई वस्तुको अस्तित्वको ज्ञान गराउदछ; जुन चीज अध्यारोमा परेको हुन्छ जसलाई तपाई जान्नुहुदैन । जसलाई तपाई देख्न सकिरहनुभएको छैन , त्यसको ज्ञान गराउदछ । रात्रीको गहन अन्धकारमा ठुलाठुला पहाड पर्वत रुख बिरुवा देखिदैन । पर्वतको श्रृंखला नै देखिदैन केहि पनि देखिदैन तर जसै सूर्यको उज्यालो सुरु हुन्छ तब वृक्ष, तथा पर्वतमालाहरु देख्न थालिनेछ, तपाईलाई सबै दृष्टिगोचर हुन थाल्नेछ ।

यसैप्रकार, अज्ञानको कारण जुन 'आत्मा' लाई हामी बुझिरहेका छैनौ, यसको अस्तित्व नरहेको हामी सम्झिरहेका छौ, जसलाई हामी बिल्कुल मान्देनौ जान्दैनौ त्यो गरूको ज्ञानबाट , गुरुको वचनबाट जान्न सक्नेछौ, ज्ञानको प्रकाशबाट त्यो देखिन थाल्नेछ, त्यसको अनुभव हुन थाल्नेछ । यसकारण जती पनि हाम्रा महापुरुष भए उनीहरुले आफ्नो समयमा आत्मज्ञानको प्रचार गरे र यस ज्ञानको प्रभावबाट नै समाजलाई एकछत्र गरे । यस्तो सूर्यको प्रकाशको काम गर्ने गुरुहरुको शास्त्रहरुमा वन्दना गरिएको छ र भनिएको छ उनको शरणमा जानाले नै जीवनमा आत्मज्ञानको प्राप्ति हुनेछ ।

यदि एक एक व्यक्ति बिमारी भए र उपचार गर्न चाहे दुई मार्ग छन् । पहिलो उ स्वयम मेडिकल कलेजमा गएर डाक्टरको पढाइ गरुन र पढाई गरेपछि स्वयं डाक्टर बनेर आफ्नो उपचार गरुन् ।

दोस्रो मार्ग बिरामी स्कूल नगइ डक्टरी नपढि कुनै डाक्टर भएको ठाँउमा गएर भनुन् डाक्टर साहब तपाईप्रति शरणागत छु, चाहे मेरो अपरेशन गर्नुहोस, चाहे दवाई दिनुहोस, जसरी पनि बिमार जाति गर्दिनुहोस । म अब तपाईको हातमा छु । तब डाक्टरले अपरेशन गर्न परे क्लोरोफार्म सूंघाएर, बेहोश बनाएर उनको अपरेशन गर्नेछन् । यदि औषधिले नै ठिक हुने भए दवाई दिएर उसलाई ठीक गर्नेछन् ।

हामी पनि जुन मायाको, अज्ञान र अशान्तिको रोगबाट पिडित छौ, यसको लागि या त हामी सबै धर्मशास्त्रहरुको पूर्णरूपमा अध्ययन गरेर त्यस आत्मतत्त्वलाई जान्नको कोशिश गरौ तर यो संभव छैन नत यती समय कसैसँग छ किनभने आयु धेरै कम छ।

यसकारण राम्रो यो हो कि हामी समयको महापुरुष भएको ठाँउमा गएर हामी त्यो धमशास्त्रहरुमा रहेका गुप्त ज्ञान, जसको महिमा सबै धर्मशास्त्रहरुले भजेका छन् , त्यस ज्ञानलाई हामी लिएर हामी आफ्नो जीवन भित्र अशान्तिको, अज्ञानको रोगबाट छुटकारा पाउन सक्छौ । तब सन्तहरुले भने:-

बहता था, बहे जात था, लोक वेद के साथ।
पैंड़े में सतगुरु मिले, दीपक दीन्हा हाथ।।
दीपक दीन्हा हाथ में, वस्तु दई लखाय।
कोटि जन्म का पंथ था, पल में पहुँचा जाय।।

अर्थात, वेद-शास्त्रहरुका अनुसार मुक्तिको मार्ग त धरै लामो थियो तर सद्गुरुको अनुकंपाबाट, सद्गुरुको आशीर्वादबाट त्यो छोटो भयो, छोटो बाटो मिल्यो । उहाँले हातमा दियो दिनुभयो यो लिएर जाउ यसको प्रकाशमा बाटो खोज्दै जाउ अघि बढ्दै जाउ । तब यस प्रकार जन्म-जन्मान्तरको जुन बाटो छ , त्यो  सद्गुरुको कृपाबाट पल भरकै तय हुन्छ । यसकारण जीवनमा गुरु धारण गर्न अति आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ