समाचार प्रकाशनको भोलीपल्ट सोमवार विहान प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत र आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव घटनास्थल रमदैयामा पुगेका छन । उनीहरुले पिडीत परिवारहरुलाई सान्तवना दिदैं ३-३ लाख रुपैयाको दरले राहत दिने घोषणा गरेका छन ।
धनुषाको क्षिरेश्वरनाथ नपाको रमदैयासहितको स्थानमा खुल्ला मदिरा सेवनले मृत्यु भएका परिवारलाई प्रदेश सरकारले ३-३ लाख राहत उपलब्ध गराउने भएको हो । सोमबार विहानै शोकमग्न रमदैया पुगेका मुख्यमन्त्री राउतले मृतकप्रति समवेदना व्यक्त गर्दै पीडित परिवारहरुलाई ३-३ लाख राहत रकम उपलब्ध गराउने घोषणा गरेका हुन् ।
खुल्ला विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्ने जो कोहीलाई पनि कानूनको दायरामा ल्याउने प्रतिवद्धता जनाउदै मुख्यमन्त्री राउतले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकार चाडै प्रदेश नम्बर दुईलाई खुला मदिरा मुक्त घोषणा गर्ने तैयारीमा रहेको समेत बताए।
रमदैया पुगेको टोलीमा सहभागी आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले आजै सुरक्षा समितिको बैठक बसी खुल्ला मदिरा नियन्त्रणका साथैदोषी माथि कारबाहीको प्रक्रिया अगाडी बढाइने बताए।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको रमदैया, लक्ष्मिनिया गाउँपालिकाको बगेवा र जनकपुरधाम उपमहानगरपालिकामा गरी हालसम्म २० जनाको मृत्यु भइसकेको हो । तर प्रहरी रेकर्ड अनुसार भने ९ जना मात्रै रहेको छ ।