- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । शनिबारबाट नवरात्री शुरु हुदैछ । यो नौ दिनसम्म नव दुर्गा भगवतिका शक्तिपिठहरुमा श्रद्धालुहरुको भिड हुने गर्दछ । तर विश्वभर फैलिएको कोभिड १९ संक्रमणको असर यस बर्ष परेको छ ।नवरात्रीको प्रथम दिन घटस्थापना पर्दछ । घटस्थापना गर्नु भनेको नवरात्रीको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटकलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु हो ।
यो अंकमा हामीले नवार्णव यन्त्रको स्थापनाको शास्त्रीय आधार, नवार्णव यन्त्रमा अष्टभुजा देवीको मूर्ति स्थापित गर्नुको परिणाम, नवरात्रीमा अखण्ड दीपप्रज्वलनको शास्त्रीय आधार, अखण्ड दीप प्रज्वलनको परिणाम,नवरात्रीमा मालाबन्धनको परिणाम, नवरात्रीमा कुमारिका-पूजनका शास्त्रीय आधार आदिलाई समेटेका छौ ।
नवरात्रीमा प्रतिपदादेखि नवमीसम्म नौवटी देवीको पूजाआराधना गरिन्छ। यी देवीहरू हुन्ः शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री। यी देवीहरूलाई नवदुर्गाको नामले पुकारिन्छ। नौ दिनसम्म नवदुर्गा भवानी नौवटा विभिन्न स्वरूपमा उपासकहरूलाई दर्शन दिने कथन छ। यसैले भक्तहरू आफ्नो मनको इच्छा पूरा हुने उत्कट अभिलाषाले यस नवरात्री पर्वमा नवदुर्गा देवीलाई राँगा, बोका, भेडा, हाँस, कुभिण्डो अथवा पञ्चबलि चढाइ आ-आफ्ना भाकल पूरा गर्ने पनि गर्दछन्।
नवरात्रीमा पुजिने नवदुर्गाको स्वरूपहरू यस प्रकार छन् | प्रतिपदाका दिन पूजाआराधना गरिने शक्तिस्वरूपा भगवतीको पहिलो स्वरूपको नाम शैलपुत्री हो। नवरात्रीको दोस्रो दिन पूजा गरिने देवीको नाम ब्रहृमचारिणी हो। यो माता दुर्गाको दोस्रो स्वरूप हो। माता दुर्गाको तेस्रो शक्तिको नाम चन्द्रघण्टा हो। नवरात्री पूजापर्वमा तेस्रो दिन यिनको स्वरूपको पूजाआजा गरिन्छ। सुवर्णमय चन्द्रघण्टा देवीको स्वरूप परम शान्तिदायक एवं कल्याणकारी छ। चतुर्थीका दिन पूजा गरिने भगवतीको नाम कुष्माण्डा हो। सूर्यको जस्तो तेज भएकी र वाहन सिंह भएकी यी भगवतीको अट्टहासमा ब्रहृमाण्डको सृष्टि र प्रलय हुने भएकोले उनलाई कुष्माण्डा भनिएको हो। आफ्नो मन्द मुस्कानद्वारा ब्रहृमाण्डको उत्पन्न गरेकोले यिनलाई कुष्माण्डादेवी भनिएको हो।
नवरात्रीको पञ्चमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती स्कन्दमाता हुन्। कमलको फूल आसन भएकी, सेतो वर्ण, चार हात भएकी, स्कन्दकुमारकी माता भएकीले उनलाई स्कन्दमाता भनिएको हो। नवरात्रीको षष्ठीका दिन पूजा गरिने देवीलाई कात्यायनी भनिन्छ। चार हात भएकी यी देवीको वाहन सिंह हो। सप्तमी अर्थात् फूलपातीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीलाई कालरात्री भनिन्छ। कालो घना वर्णकी, गधा वाहन भएकी, तीन आँखा भएकी, चार हात भएकी, उक्त हातहरूमा क्रमशः तरबार, मसाल, वरमुद्रा र अभयमुद्रा लिएकी देवी कालरात्री हुन्।
नवरात्रीको महाष्टमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवती महागौरी हुन्। सेतो वर्ण र सेतो पहिरन गरेकी, वृष वाहन भएकी, चार हात भएकी देवीलाई महागौरी भनिन्छ। यी देवीको माथिल्लो दाहिने हातमा अभयमुद्रा, तल्लो दाहिने हातमा त्रिशूल छन् भने बायाँ हातको माथिल्लो हातमा डमरु र अर्को बायाँ हातमा वरमुद्रा छन्। नवरात्रको अन्तिम अर्थात् महानवमीका दिन पूजा गरिने शक्तिस्वरूपा भगवतीको नाम सिद्धिदात्री हो। यी देवी कमलको फूलमा बस्छिन्। यी देवीको दाहिनेतर्फका तल्लो हातमा चक्र, अर्को हातमा गदा तथा बायाँतर्फको तल्लो हातमा शंख तथा अर्को हातमा कमलको फूल सुशोभित छ।
नवरात्रीको प्रथम दिनमा घटस्थापना
घटस्थापना गर्नु अर्थात नवरात्रीको कालावधिमा ब्रह्माण्डमा कार्यरत शक्तितत्त्वको घटलाई आवाहन गरि त्यसलाई कार्यरत गर्नु हो । कार्यरत शक्तितत्त्वको कारण वास्तुमा विद्यमान कष्टदायक तरङ्ग समूल नष्ट हुन जान्छ । कलशमा जल, पुष्प, दूर्वा, अक्षत, सुपारी एवं सिक्का राख्नुपर्छ ।
नवार्णव यन्त्रको स्थापनाको शास्त्रीय आधार
‘नवार्णव यन्त्र’ देवी विराजमान हुनको लागि पृथ्वीमा स्थापित आसनको प्रतीक हो । नवार्णव यन्त्रको सहायताले पूजास्थलमा देवीको नौ रूपहरुको मारक तरङ्गहरुलाई आकृष्ट गर्न सम्भव हुन जान्छ । यी सबै तरङ्गहरु यन्त्रमा एकत्रीकरण एवं घनीकरण हुन जान्छ । यस कारण यो आसनलाई देवीको निर्गुण अधिष्ठान मानिन्छ । यस यन्त्रद्वारा आवश्यकतानुसार देवीको सगुण रूप ब्रह्माण्डमा कार्यरत रहन्छ । देवीको यस रूपलाई प्रत्यक्ष कार्यरत तत्त्वको प्रतीक मानिन्छ ।
नवार्णव यन्त्रमा अष्टभुजा देवीको मूर्ति स्थापित गर्नुको परिणाम
अष्टभुजा देवी शक्तितत्त्वको मारक रूप हो । ‘नवरात्री’ ज्वलन्त तेजतत्त्वरूपी आदिशक्तिको अधिष्ठानको प्रतीक हो । अष्टभुजा देवीको हातमा विद्यमान आयुध -शस्त्र), उहाँको प्रत्यक्ष मारक कार्यको क्रियाशीलताको प्रतीक हो । देवीको हातमा यी मारकतत्त्वरूपी आयुध, अष्टदिशाहरुको अष्टपालको रूपमा ब्रह्माण्डको रक्षण गर्दछ । यी आयुध नवरात्रीको विशिष्ट कालावधिमा ब्रह्माण्डमा अनिष्ट शक्तिहरुको सञ्चारमा अंकुश पनि लगाउँछ एवं तिनीहरुको कार्यको गतिशीलता खण्डित गरि पृथ्वीको रक्षा गर्दछ । नवार्णव यन्त्रमा देवीको मूर्तिको स्थापना, शक्तितत्त्वको यस कार्यलाई वेग प्रदान गर्नमा सहायक हुन्छ ।
नवरात्रीमा अखण्ड दीपप्रज्वलनको शास्त्रीय आधार
दीप तेजको प्रतीक हो एवं नवरात्रीको कालावधिमा वायुमण्डल पनि शक्तितत्त्वात्मक तेजको तरङ्गले संचारित हुन्छ । यी कार्यरत तेजाधिष्ठित शक्तिहरुको तरङ्गको वेग एवं कार्य अखण्डित हुन्छ । अखण्ड प्रज्वलित दीपको ज्योतिमा यी तरङ्गहरुलाई ग्रहण गर्ने क्षमता हुन्छ ।
अखण्ड दीप प्रज्वलनको परिणाम
नवरात्रीको कालावधिमा अखण्ड दीप प्रज्वलनको फलस्वरूप दीपको ज्योतितर्फ तेजतत्त्वात्मक तरङ्गहरु आकृष्ट हुन्छ । वास्तुमा यी तरङ्गहरुको निरन्तर प्रक्षेपण हुन्छ । यस प्रक्षेपणबाट वास्तुमा तेजको संवर्धन हुन्छ ।
यस प्रकार अखण्ड दीपप्रज्वलनको फाईदा वास्तुमा रहने सदस्यहरुलाई वर्षभरि हुन्छ । यस तेजलाई वास्तुमा बनाइ राख्नु सदस्यहरुको भावमा निर्भर गर्दछ ।
नवरात्रीमा मालाबन्धनको परिणाम
नवरात्रीमा अखण्ड दीपप्रज्वलनको साथ कुलाचारानुसार मालाबन्धन गर्दछ । केही उपासकहरु स्थापित घटमा माला चढाउँछन्, भने कोही देवीको मूर्तिमा माला चढाउँछन् । नवरात्रीमा मालाबन्धको विशेष महत्त्व छ ।
देवतालाई चढाएको यी मालाहरुमा उनेको फूलको रङ्ग एवं सुगन्धको कणतर्फ वायुमण्डमा विद्यमान तेजतत्त्वात्मक शक्तिको तरङ्ग आकृष्ट हुन्छ । यी तरङ्गहरु पूजास्थलमा स्थापित गरिएको देवीको मूर्तिमा शीघ्र संक्रमित हुन्छ । यी तरङ्गहरुको स्पर्शले मूर्तिमा देवीतत्त्व अल्पावधिमा जागृत हुन्छ । केही समयपछि यी देवीतत्त्व वास्तुमा प्रक्षेपण हुन आरम्भ हुन्छ । यसले वास्तुशुद्धि हुन्छ । साथै वास्तुमा आउने व्यक्तियहरुलाई उनीहरुको भावानुसार यस वातावरणमा विद्यमान देवीको चैतन्यको फाईदा मिल्दछ ।
नवरात्रीमा कुमारिका-पूजनका शास्त्रीय आधार
कुमारी, अप्रकट शक्तितत्त्वको प्रतीक हो । नवरात्रीमा अन्य दिनको तुलनामा शक्तितत्त्व अधिक मात्रामा कार्यरत रहन्छ। आदिशक्तिको रूप मानेर भावसहित कुमारी-पूजन गर्नाले कुमारिमा विद्यमान शक्तितत्त्व जागृत हुन्छ । यसले ब्रह्माण्डमा कार्यरत तेजतत्त्वात्मक शक्तिको तरङ्ग कुमारीतर्फ सहजतासँग आकृष्ट हुनमा सहायता मिल्दछ । पूजकलाई प्रत्यक्ष चैतन्यको माध्यमबाट यी शक्तितत्त्वात्मक तरङ्गहरुको फाईदा प्रप्त हुनमा पनि सहायता मिल्दछ । कुमारिकामा संस्कार पनि अल्प हुन्छ । यस कारण त्यसको माध्यमबाट देवीतत्त्वको अधिकाधिक सगुण लाभ प्राप्त गर्नमा सम्भव हुन्छ । यस प्रकार नवरात्रीको नौ दिन कार्यरत देवीतत्त्वको तरङ्गहरुलाई आफ्नो देहमा संवर्धन गर्नको लागि कुमारी-पूजन गरि उनलाई सन्तुष्ट गरिन्छ ।
सुहागिन अनि कुमारी कन्याको पूजन यो देवीपूजनको एउटा विशेष महत्त्वपूर्ण अंग हो । त्यसैले नवरात्रीको नौ दिनहरुमा सुहागिनको एवं कुमारी कन्याको पूजन गर्नुको विशेष महत्त्व छ ।
सर्वप्रथम सुहागिनलाई आसनमा बसाएर उनको चरण धुनुपर्छ । त्यसपछि उनलाई हलदी कुमकुम लगाइदिनुपर्छ । यथाशक्ति साडी, चोलीवस्त्र, नारिवल आदि दिएर आंचल भर्नुपर्छ । उनलाई फल एवं दक्षिणा अर्पित गर्नुपर्छ । देवीको रूप मानेर नमस्कार गर्नुपर्छ । कुमारी कन्यालाई आसनमा बसाएर उनको चरण धुनुपर्छ। उनलाई हलदी-कुमकुम लगाइदिनुपर्छ। यथाशक्ति वस्त्रालंकार दिनुपर्छ। दूध, फल एवं दक्षिणा दिएर उनलाई नमस्कार गर्नुपर्छ ।
सन्दर्भ : सनातन-निर्मित ग्रंथ ’त्यौहार, धार्मिक उत्सव एवं व्रत’
अधिक जाकारीको लागि : स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआरफ)
Email: hjsnepal@gmail.com