arrow

किर्तेगरि ५ करोड ठग्ने रेमण्डका अधिकारीलाई छुटाउन नेकपाका नेताहरु सक्रिय

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष २ बिहिबार
sanjay-adhikari-raymond-ncp.jpg

काठमाडौं। किर्तेगरि आफ्नै कम्पनीका संचालकहरुलाई ठगी गरेको आरोपमा पक्राउ परेका रेमण्ड सर्टीङका संचालक संजय अधिकारीलाई नेकपाका नेताहरुको दवावपछि मुद्धा कमजोर बनाई अदालत पेश गर्ने तयारी रहेको खुलेको छ । रेमण्ड सर्टिङ, दरबारमार्गको उइपी रेष्टुरेण्ट र रेडियो राजधानीको अध्यक्ष समेत रहेका अधिकारी ४ करोड ८७ लाख किर्ते गरि ठगी गरेको आरोपमा पक्राउ परेपनि प्रहरीले भने उनलाई राजबन्दी जस्तो व्यवहार गरिरहेको पिडितहरुले आरोप लगाएका छन्। 

पक्राउ परेका अभियुक्त संजय अधिकारी र उनका छोरा समिरको रबाफको अगाडी प्रहरी भिजेको मुसा जस्तो भएको पिडितहरु बताउँछन्। प्रहरीको काम भने पक्राउ परेका अधिकारीलाई दिनभर उनको काममा जाँदा सुरक्षा दिने र साँझ सुत्न नर्भिकमा जाँदा वाहिर कुरुवा बस्ने मात्र भएको छ। आफुलाइ नेकपाको नेता भन्ने अधिकारीलाई नेकपाका नेताहरुले संरक्षण गर्दै आएका छन्। मिटर व्याजका वद्नाम अधिकारी कानुनको खिल्ली उडाउदै दिनको ४-५ जना प्रहरीहरु अघी पछी लगाइ प्रेस लेखेको गाडीमा दिनभर संगै घुम्ने गरेका छन् भने बिरामीको बहाना गरी रातमा नर्भिक अस्पतालमा सुत्न पुग्ने गरेको पिडितहरुको गुनासो छ।  

अनुसन्धान प्रकृयालाई फितलो बनाउने सबै खाले कार्य गर्छु भनेर खुलेयाम कुरा गर्ने र मुद्दा छिटो बुझाउन प्रहरीलाइ दबाब दिदै आएका अधिकारीलाई नेकपाका नेता दिनानाथ शर्माले संरक्षण गरेको पिडितहरु बताउँछन् । उनले गृहमन्त्रीलाई सिफारिस गरेर मुद्धा कमजोर बनाउन प्रहरीलाई दवाव दिइएको बताइएको छ। प्रहरी परिसर काठमाडौं पनि माथीको आदेश भन्दै मुद्धालाई चाँडो बुझाउन उल्टै पिडितहरुलाई तनाव दिन थालेको छ । ठगेको र किर्ते गरेको सम्पत्तीबाट करोडौंको मालिक भएका अधिकारी सबै मानिसलाई खरिद गरेको बस्तु झै गर्ने गरेका छन्।

दिनानाथले भनेर गृहमन्त्री नै आफ्नो पक्षमा भइसकेको भन्दै कुनै प्रहरीले आफूलाई केहि छुन नसक्ने बताउँदै आएका छन् । उनले अदालतमा पनि सेटिङ गरि मुद्धा आफूले जित्ने धम्की दिदै आएका छन्। मिटर ब्याजमा ऋण दिई ब्यक्तीहरुका घरजग्गा हडप्दै आएका अधिकारीको अकुत सम्पत्ती देखिदा पनि प्रहरी सम्पत्ती सुद्दीकरणको मुद्दा चलाउन भने आनाकानी गरिरहेको छ। 

अधिकारीले फुटकेयर इण्डष्टीज प्रालिको प्रभु बैंकमा रहेको खातामा नेपाली सेनाबाट आएको भुक्तानी रकम मध्ये रु. ४ करोड ८७ लाख भन्दा बढी रकम किर्तेगरि निकालेका थिए । अधिकारीले साउन ७ को मिति राखी जय अधिकारीको योजनामा फुटकेयर इण्डष्टीज प्रा.ली कम्पनीको छाप किर्ते गरी सुबर्ण के.सी, अमिर अधिकारी, कृष्ण भट्टराई सहितको किर्ते संचालक समिति गठन गरी, दस्तखत र छापकिर्ते गरी बैंक खाता संचालनको दस्तखत गर्ने व्यक्ति थप गर्ने तथा परिवर्तन गर्ने र चेकबुक लिने जस्ता किर्ते कागजात खडा गरि बैंकमा पेश गरि ठगि गरेको पुष्टी भएपछि उनी सहित ६ जना पक्राउ परेका थिए । पक्राउ पर्नेमा अधिकारी सहित उनका छोरा समिर अधिकारी, कर्मचारी कृष्ण भट्टराई, सुवर्ण के.सी. सहीत छन्। 

नेपाली सेनाले प्रयोग गर्ने छालाको ५० हजार जोर कालो बुट जुत्ता बनाउने ठेक्का फुटकेयरले पाएको थियो ।दश करोड चार लाख अठ्ठाइस हजार सात सय पचास रुपैयाँको सो ठेक्का पाएको फुटकेयरले ठेक्का सकार्ने क्रममा अधिकारीले बैंक जमानी बस्न सहयोग गरेका थिए। तर पछि उनले कम्पनीको छाप, सञ्चालकको दस्तखत र सञ्चालक समिति बैठक किर्ते गरी, कम्पनीको खातामा भएको रकम अपचलन गरि ठगी गरेको आरोपमा आपराधिक बिस्वासघात गरेको भन्दै उनी बिरुद्ध फुटकेयर इण्डष्टीज प्रा.ली कम्पनीको अख्तियार प्राप्त संचालक नोख बहादुर थापा र खिल बहादुर के.सी समेतले उजुरी गरेका थिए। सोहि उजुरीका आधारमा अधिकारीसहितका व्यक्तिहरु पक्राउ परेपनि अहिले उनलाई रिहा गराउन तथा मुद्धा कमजोर बनाउन नेकपाका नेताहरु हात धोयर लागेपछि पिडितहरु झन पिडित बनेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ