ओलीको प्रश्न : ताजा जनादेशमा जाने निर्णय गर्नु कसरी प्रतिगमन ?
प्रकाशित २०७७ फागुन ३ सोमबार
671
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गर्नु कसरी प्रतिगमन हो, भनेर प्रश्न गरेका छन् ।
आफ्नो कार्याकालको तीन बर्ष पुगेको अवसरमा सिंहदरबारमा बोल्दै ओलीले संसद र सरकारलाई काम गर्नै नदिएपछि जनादेशमा जानुपरेन ? भन्ने प्रश्न गरे ।
प्रतिनिधि सभा विघटन गर्नु भनेको पार्टीलाई एक बनाउने प्रयास पनि हो भन्दै उनले निर्वाचनमार्फत आफ्ना उदेश्य पुरा गर्न सकिने पनि बताए ।
‘ताजा जनतादेश अराजकताको अन्त्य र संविधानको रक्षाका लागि हो’ उनले भने,‘आफ्नै नेताहरुले समानान्तर सत्ता संचालनको अभ्यास गर्न खोजेपछि चुनावमा जानैपर्ने भयो ।’
‘हामीले प्राप्त गरेको उपलब्धीलाई खेर जान नदिन अनेक प्रकारका खेलहरु सुरु हुन थालेपछि मलाई बाध्यता परेको हो,’ ओलीले भने,‘स्वस्थ्य ढंगले सरकार चलाऔं भनेको हुँ । मैंले धेरैपटक सोचें, धेरै पटक प्रयास पनि गरें तर सकिन, बैकल्पिक सरकारको संभावना पनि सोचें त्यो पनि देखिन् त्यसपछि संसद विघटन गरेर ताजा जनादेशमा जान बाध्य भएँ ।’