arrow

रोनाल्डोले गोल गरे पनि सकेनन् युभेन्ट्सलाई जिताउन 

logo
प्रकाशित २०७७ फागुन १६ आइतबार
ronaldo66.jpg

काठमाडौं । इटालियन सिरी ए फुटबलमा क्रिष्टियानो रोनाल्डोले गोल गरे पनि डिफेन्डिङ च्याम्पियन युभेन्ट्सलाई जिताउन सकेनन् । शनिबार राति भएको खेलमा युभेन्ट्स हेलास भेरोनासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

भेरोनाको मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाँड्नु परेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्ट्सले अग्रता लिएको थियो । 

खेलको ४९ औं मिनेटमा रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । तर ७७ औं मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै भेरोनालाई हारबाट जोगाए ।

यस बराबरीले युभेन्ट्सलाई भने धक्का लागेको छ । 

अन्य खेलको नतिजा 
स्पेजिया २–२ पार्मा काल्सियो 
बोलोग्ना २–० लाजियो 

अंक तालिका
इन्टर मिलान २३ खेलबाट ५० अंकसहित शीर्ष स्थानमा छ । २३ खेलबाट ४९ अंकको एसी मिलान दोस्रो स्थानमा छ भने युभेन्ट्स २३ खेलबाटै ४६ अंकसहित तेस्रो स्थानमा छ । 

२३ खेलबाट ४४ अंकसहित एएस रोमा चौथो स्थानमा  छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ