फ्रान्स । साविक विजेता स्पेन युरोकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलबाटै बाहिरिएको छ । राउण्ड अफ सिक्सटिनको खेलमा इटालीसंग २–० ले पराजित गर्दै स्पेनलाई स्तव्ध पारेको हो । ईटलीले क्वारट्रफाईनलमा विश्वकप २०१४ बिजेता जर्मनीको सामना गर्ने छ।
खेलको ३३ औं मिनेटमा जर्जिओ चिलेलिनीको गोलबाट अग्रता लिएको इटालीलाई ९० औं मिनेटमा ग्राजिआनो पेल्लेले अग्रतालाई दोब्बर बनाएका थिए । खेलमा दुवैतर्फ गोल गर्ने थुप्रै अवसरलाई गोलकिपरहरुले निस्तेज पारिदिएका थिए ।
यो नतिजासंगै स्पेन सन् २००८ पछि पहिलो पटक इटालीबाट पराजित भएको छ । लगातार दुई पटकको च्याम्पियन स्पेनले यो हारसंगै उपाधिमाथि ह्याट्रिक गर्ने सपना चकनाचुर भएको छ । अब इटालीको क्वार्टरफाइनलमा जर्मनीसंग भिडन्त हुनेछ ।