arrow

कोरोना महामारीसँगै भारतमा कालो ढुसीका ९ हजार बिरामी 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ९ आइतबार
corona-india-patient.jpg

काठमाडौं । भारतमा कालो ढुसीका ८ हजार ८ सय बिरामीहरू भेटिइसकेका छन् । महामारीको रुपमा कोरोना भाइरसको संक्रमण निको भएपछि देखिइरहेको यो समस्या बढ्दो रूपमा छ ।

दुर्लभ रुपमा फेला पर्ने म्युकरमाइकोसिसको मृत्युदर झण्डै ५० प्रतिशत रहेको बताइएको छ भने, केही बिरामी आँखा निकालेपछि मात्रै बाँच्न सफल भइरहेका छन् ।

अहिले भारतमा कोभिड१९ को सङ्क्रमणबाट निको भइसकेको र भइरहेका थुप्रै मानिसहरूमा यो सङ्क्रमण फेला परिरहेको छ ।चिकित्सकहरुले खास गरी कोभिड१९ का सङ्क्रमितहरूलाई उपचारका क्रममा स्टेरोइड प्रयोग गर्दा र सुगर भएकाहरूमा यस्तो समस्या बढी देखिइरहेको छ । 

खास गरी कोभिड१९ को सङ्क्रमण भएको १२ देखि१६ दिनमा कालो ढुसी अर्थात् म्युकरमाइकोसिस देखिइरहेको छ । भारतमा कुल भेटिएका बिरामीहरुको झण्डै आधा बिरामीहरु  गुजरात र महाराष्ट्रमा पाइएको छ । अन्य १५ राष्ट्रहरुमा कम्तीमा ८ देखि ९ सय बिरामीहरु फेला परेका छन् ।

भारतका २९ राज्यहरूले यसलाई इपिडेमिक अर्थात् सीमित क्षेत्रभित्रको महामारीका रूपमा घोषणा गरेका छन् । म्युकरमाइकोसिसका ८० प्रतिशतभन्दा बढी बिरामीहरूले तत्काल सर्जरी गर्नुपर्ने भइरहेको डाक्टहरुले बताएका छन् ।

भारतको अस्पताल विभागका प्रमुख डा. भीपी पाण्डेले समयमै यस्ता सङ्क्रमितहरूले उपचार नपाएमा मृत्युदर ९४ प्रतिशत पुग्न सक्ने बताएका छन् ।

के हो म्युकरमाइकोसिस ?
म्युकरमाइकोसिस भनेको एक किसिमको ढुसी  हो । माटो, कुहिएका फलफूल, रुखलगायतमा लाग्ने ढुसी जस्तै ढुसी हो । स्वस्थ मानिसको नाकमा समेत यस्तै एक किसिमको ढुसी पाइन्छ ।

यसले साइनस (नाक,टाउको, आँखापछाडिको भाग), मस्तिष्क र फोक्सोमा गम्भीर क्षति पुर्‍याउँछ भने ज्यान समेत लिन सक्छ ।

भारतको एम्सका प्राध्यापक र एन्डोक्राइनोलोजी र मेटाबोलिज्म विभागका प्रमुख, डा. निखिल टण्डन यो हावाबाट सर्न सक्ने र स्वस्थ मानिसको फोक्सोमा समेत पुग्न सक्ने तर, यस्तो सम्भावना निक्कै कम रहेको बताएका छन् । यद्यपि स्वस्थ व्यक्तिलाई गाह्रो नहुने समेत उनले बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ