arrow

बाँके काँग्रेसको कार्यालयमा लगाइएको ताला खोलियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
banke-congress.JPG

नेपालगन्ज । नेपाली काँग्रेस बाँकेको पार्टी कार्यालयमा लगाइएको ताला खुलिएको छ । फर्जी क्रियाशील सदस्यतालाई वैधानिकता नदिने प्रतिबद्धतापछि ताला खोलिएको काँग्रेस युवा नेता पूर्ण आचार्यले बताए । 

बुधवार साँझ नेपाली काँग्रेस बाँकेको कार्यालयमा रहेको १४औँ अधिवेशन निर्वाचन सचिवालयमा ताला लगाइएको थियो । 

केन्द्रीय क्रियाशील सदस्यता छानबिन समिति सदस्य, केन्द्रीय निर्वाचन समितिका पदाधिकारी एवं सदस्यहरू र जिल्ला निर्वाचन अधिकृतसङको संवाद र छलफलबाट २३९ फर्जी क्रियाशील सदस्यतालाई वैधानिकता नदिने प्रतिबद्धता व्यक्त भएपछि निर्वाचन सचिवालयमा लागेको ताला खोलेको आचार्यले जानकारी दिए । 

फेरि यस्तै अवैध क्रियाशील सदस्यता कहिँकतैबाट कुनै पनि बहानामा थपघट गर्ने गराउने काम भएमा सशक्त प्रतिकार गर्न बाध्य हुने आचार्यले चेतावनी दिए । 

कार्तिक २७ गतेलाई तय भएको वडा अधिवेशन अब एक दिन पछाडि धकेलिने देखिएको छ । बाँकेमा सबै तहका अधिवेशन अब १-२ दिन पछाडि सर्ने देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ