arrow

डिश होम फाइबरनेटद्वारा डिलरहरु सम्मानित  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ७ शुक्रबार
271903078_529954524789303_1245895905208498453_n.jpg

काठमाडौं । डिश होमले आफ्ना डिलरहरुलाई  क्षेत्रीय कार्यालयमा एक कार्यक्रम आयोजना गरेर सम्मान गर्नुका साथै पुरस्कार वितरण गरेको छ।गण्डकीमा डिश होम, डिश होम फाइबरनेटको बिक्री र बिक्रीपछि ग्राहकलाई उत्कृष्ट सेवा पुर्याउने पोखराका दिप एलेक्ट्रोनिक्स, ओम लामिछाने सप्लायर्स, स्याङ्जा जिल्लाका रन्जना फेन्सी, लुद्रमान थापा, गोरखाका सरिना एलेक्ट्रोनिक्स, अकला राइस मिल, भट्ट एलेक्ट्रोनिक्स, जनसेवा एलेक्ट्रोनिक्सलाई  उपहार स्वरुपः एक एक थान ल्यापटप साथै बिक्रीपछिको उत्कष्ट सेवा प्रदान गर्ने डिलरहरुलाई कम्पनीका यरिया सेल्स मेनेजर प्रदीप सुवेदीले  प्रशंसापत्र सहित सम्मान गरेका हुन् ।

उक्त कार्यक्रममा गोर्खा, लमजुङ, स्याङ्जा, तनहुँ र कास्कीका डिस्ट्रिब्युटर, डिलरहरु र कम्पनीका क्षेत्रीय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।  

डिस होम फाइबरनेटले ग्राहकको आवश्यकता अनुरुप आकर्षक र सहुलियत मुल्यमा विभिन्न प्याकेजहरु ल्याएको छ । डिश होम प्रयोग गरिरहेका ग्राहकलाई १० एमबीपीएस निःशुल्क इन्टरनेट सुविधादेखि ६०० एमबीपीएस सम्मको प्याकेज उपलब्ध रहेको छ ।

सुपथ मूल्यमा इन्टरनेट जडान र  जडान पश्चात ग्राहकले इन्टरनेट प्रयोगलाई उत्कृष्ट अनुभव पाउने डिश होमको दाबी रहेको छ । डिश होम फाइबरनेट प्रति दैनिक ग्राहकको आकर्षण साथै विश्वास बढिरहेको सुवेदीले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ