arrow

श्रीलङ्कामा दैनिक १० घण्टा विद्युत कटौती

logo
एएफपी,
प्रकाशित २०७८ चैत १६ बुधबार
electricity-bulb.JPG

कोलम्बो । श्रीलङ्कामा बुधबारदेखि दैनिक १० घण्टा विद्युत कटौती हुने भएको छ । देशमा उर्जा सङ्कट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको अधिकारीहरूले जनाएका छन् ।

दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एसियाली मुलुक श्रीलङ्कामा आर्थिक सङ्कट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।

श्रीलङ्कामा प्रयोग हुने विजुली मध्ये ४० प्रतिशत विजुली जलविद्युत परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले सङ्कटमा रहेका छन् ।  पर्याप्त वर्षा नभएकाले जलाशयमा जल कम भएकाले विजुली उत्पादन पनि कम भएको अधिकारीहरूको भनाई छ ।  

बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ