arrow

प्रचण्डको गृह जिल्लामा बाइस सय ५० जनाको उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
Chitwan_District.png

चितवन । प्रचण्डको गृहजिल्लामा दुई हजार २५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका सात पालिका प्रमुख, उपप्रमुख र ९८ वटा वडामा वडाध्यक्ष वडा सदस्य गरी सो सङ्ख्यामा उम्मेदवारी दर्ता गराएका हुन ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सात पालिकामध्ये ६ पालिका प्रमुखमा ७४ जना, उपप्रमुखमा ४५ जना गाउँपालिका अध्यक्षमा ५ जना, उपाध्यक्षमा दुई जनाको उम्मेदवारी परेको हो । कार्यालयका अनुसार ९८ वटा वडाको वडाध्यक्षका लागि ५०१ जनाको उम्मेदवारी परेको हो ।

यस्तै महिला सदस्यमा ४१४ जना, दलित महिला सदस्यमा ३५१ जना र खुल्ला सदस्यमा ८५८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एउटा गाउँपालिका रहेका छन् । सात पालिकामा गरी तीन लाख ९७ हजार ६८५ मतदाता रहेका छन् ।

 जसमध्ये दुई लाख चार हजार ६६६ महिला र एक लाख ९३ हजार १८ पुरुष रहेका छन् । अन्य एक जना मतदाता रहेको आयोगले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ