arrow

गुरुपूजा महोत्सव २०७९ सम्पन्न

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार २९ बुधबार
guru-puja-2079.jpg

काठमाडौं । व्यास पूर्णिमाको अवसरमा नेपाल मानव धर्म सेवा समितिले गुरुपूजा महोत्सव २०७९ सम्पन्न गरेको छ । संस्थाको केन्द्रीय कार्यालय गौशालामा गरिएको कार्यक्रममा केन्द्र प्रमुख महात्मा चमेली बाइजीले हाम्रा शास्त्रमा भएका कुरालाई सबैले मनन गर्नु पर्ने र शास्त्रमा उल्लेख गरिएको गुरु शिष्यका उदाहरणबाट हामीले पनि धेरै कुरा सिक्न सकिने बताइन् । 

चेतन शरीर भएका गुरुले मात्र ज्ञान र भक्तिको कुरा सिकाउन सकिने भएकोले चेतन गुरुलाई मान्न पनि उनले सबैलाई प्रेरणा दिइन् ।कार्यक्रममा बोल्दै उनले भनिन्, 'गुरु चरणको दर्शनले मात्र पनि काशी प्रयागको पुण्य मिल्छ । त्यसैले हरेक युगमा आएका गुरुलाई सबैले चिन्नुपर्छ र गुरुले देखाएको बाटोमा हिँड्नु पर्छ ।' 

आजै परेको भानु जयन्तीमा रामायणको सिलोक उल्लेख गर्दै उनले प्रभु रामले लक्ष्मणलाई लोक तर्ने आत्माज्ञान दिएको भानुभक्तले नेपाली रामायणमा लेखेको बताइन्। 

कार्यक्रममा महात्मा लता बाइजीले आफू भित्र लुकेको शक्तिलाई चिन्नको लागि सद्गुरुको शरणमा जानुपर्ने शास्त्रहरूमा उल्लेख भएको बताइन् । प्रमुख अतिथि काठमाडौं महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामजी भण्डारीले गुरु पूर्णीमामा आफूलाई निमन्त्रणा गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो क्षेत्रमा परेको समितिलाई माया र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

विशिष्ट अतिथि मन्तव्य नम्बर ८ का आसामान सङ्गतले समिति प्रति कृतज्ञता व्यक्ता गर्दै सद्भाव सहयोग रहेको बताए।कार्यक्रममा वडा नम्बर ९ का सदस्य टेकराज अधिकारी र श्रीराम राई उपस्थित थिए । कार्यक्रममा सामूहिक नृत्य, सामूहिक लघु नाटक गुरु आज्ञा आदि प्रस्तुति रहेको थियो । 

भानु जयन्तीका अवसरमा भएको अन्तर विद्यालय कविता प्रतियोगिताका विजयी वेद विद्याश्रमका उत्सव ढुङ्गाना, नाईंटगेल स्कुलका निहारिका खड्गी, एम्बिसन स्कुलका प्रविज्ञा नेपाल र पाठशाला फाउण्डेसन प्रार्थना सुनारलाई पुरस्कार वितरण गरिएको थियो ।

वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेद व्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ। आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो । गौतम बुद्धले आजकै दिन धर्मचक्र प्रवत्र्तन अर्थात् पहिलो उपदेश दिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ