arrow

पच्चीस योजना समेटिएको यस्तो हुनेछ एमालेको घोषणापत्र, कस्तो थियो यसअघिको चुनावमा ? [पूर्णपाठ]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १५ मंगलबार
uml-cpn.jpg

काठमाडौं । सत्ता गठबन्धनका सबै दलले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरिसकेपछि मात्रै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पाँच तारे होटल याक एण्ड यतिबाट विकास, समृद्धि, सुशासन र राष्ट्रियतालाई प्राथमिकता राखेर प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछ । दिउँसो १ः३० बजे कम्युनिष्ट पार्टीको घोषणापत्र पाँच तारे होटलबाट सार्वजनिक हुन लागेको हो । 

उसले घोषाणापत्रमा पाँच वर्षमा सम्पन्न गर्ने भन्दै २५ वटा महत्वाकांक्षी योजना समेटेर प्रतिबद्धता पत्र बनाएको छ । स्थायी सरकार, पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शुरु गरेका तर अधुरा योजनाको निरन्तरता तथा राष्ट्र र राष्ट्रियताका पक्षमा गरेका कामलाई घोषणापत्रमा महत्वका साथ स्थान दिएको एमाले स्रोतले जनाएको छ ।

 ‘यसपटक हामीले आगामी पाँच वर्षमा गर्न सकिने महत्वाकांक्षी योजना पनि अघि सारेका छौं, जुन पाँच वर्षमा गर्न सकिन्छ ती मात्रै समेटेका छौ’, घोषणापत्र मस्यौदा समितिका एक सदस्यले भने । 

एमालेले घोषणापत्र निर्माणका लागि अध्यक्ष ओलीको संयोजकत्वमा आठ सदस्यीय समिति बनाएको थियो । समितिका सदस्यमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा बादल र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । 

एमाले स्रोतका अनुसार घोषणापत्रमा आर्थिक रूपान्तरण, आगामी १० वर्षमा नदी प्रवाह प्रणाली, जलाशययुक्त परियोजना तथा जैविक, सौर्य र अन्य वैकल्पिक माध्यमबाट विद्युत् उत्पादन गर्ने विषय समेटिएको छ । 

मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, बाह्य सम्बन्ध, ठूला पूर्वाधार र परियोजना, शिक्षा, स्वास्थ्य, खानेपानी, वातावरणलगायत सामाजिक क्षेत्र र आर्थिक विकासलाई घोषणापत्रमा महत्वका साथ अघि सारिएको छ । 

विकास र समृद्धिका लागि सञ्चालन गरिने योजनामा व्यापक लगानी जुटाउने प्रतिवद्धता पनि घोषणापत्रमा गरिएको स्रोतले जनाएको छ। राजनीतिक स्थायित्व, राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरण, सुशासन, विकास र समृद्धिलाई एमालेले चुनावी एजेन्डा बनाएको छ ।

 ‘घोषणापत्रमा स्थायी सरकार, ओली सरकारले थालेका तर अधुरा कामलाई पूरा गर्ने प्रतिबद्धता, स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षामा जोड दिइएको छ’, स्रोतले भन्यो । 

मस्यौदा समितिका एक सदस्यका अनुसार ‘एमालेको बहुमतको सरकार, स्थायी सरकार र राजनीतिक स्थायित्व’ भन्ने नारा  प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । एमालेले केही पुराना प्रतिबद्धतालाई दोहोर्याएको छ । 

तराई–मधेसमा व्याप्त कुरीति र अन्धविश्वासको अन्त्य गर्न शिक्षा, चेतना र सशक्तिकरण अभियान अभियान सञ्चालन गर्ने, तराई–मधेसमा व्याप्त गरिबी, अभाव र अल्पविकासको समस्यालाई सम्बोधन गर्न विशेष कार्यक्रम लागू गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको स्रोतको दाबी छ । 

संविधानले तोकेबमोजिम माध्यमिक तहसम्मको शिक्षा व्यवस्थापन गर्न स्थानीय तहलाई सक्षम तुल्याउने र निःशुल्क शिक्षाको मौलिक अधिकार सुनिश्चित गर्न केन्द्र, प्रदेश तथा स्थानीय सरकारले कुल बजेटको न्यूनतम २० प्रतिशत लगानीको व्यवस्था गर्ने प्रतिबद्धता घोषणापत्रमा गरिएको छ । धरहरा, रानीपोखरी, पोखरा विमानस्थल, रेलसहितको विषयलाई पनि प्राथमिकतामा राखेको स्रोतले जनाएको छ ।

एमालेले यसअघिको केपी ओलीको सरकारले पूरा गर्न नसकेका एडेन्डाहरु यसपालि पूरा गर्ने दाबीसमेत गरेको छ । आखिर कस्तो थियो त एमालेको २०७४ सालको घोषणापत्र ? 

एमालेले त्यतिबेला अर्को कम्युनिष्ट घटक नेकपा माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेको थियो । माओवादीसँग मिलेर भएको चुनावपछि पार्टी एकता पनि भएको थियो । नेकपाले झण्डै दुई तिहाई मत पाएको थियो । 

तर त्यही पार्टी एकता टिकेन र साढे तीन वर्षमै ढल्यो केपी ओलीको सरकार ।

यस्तो थियो एमाले र माओवादी केन्द्रको २०७४ सालको प्रतिनिधि सभा र प्रदेश सभाको साझा चुनावी घोषणापत्र –


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ