arrow

झापामा बसको ठक्करबाट मोटरसाइकल सबार दम्पतीले गुमाए ज्यान 

logo
युवराज रेग्मी,
प्रकाशित २०७९ कार्तिक ३० बुधबार
gadis.jpg

झापा । झापामा बसको ठक्करबाट मोटरसाइकल सवार श्रीमान् श्रीमतीको मृत्यु भएको छ । मङ्गलवार दिउँसो करिब ३:३० बजेको समयमा कन्काई नगरपालिका-७ दुर्गापुर स्थित पूर्व पश्चिम लोक मार्गमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को १ ख ६७९४ न.को बसले विपरीत दिशाबाट आएको मे ७ प ५०९२ न.को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका-६ का ५२ वर्षीय नरेन्द्र मैनाली र सोही मोटरसाइकल सवार उनकी श्रीमती ५० वर्षिया सीता देवी मैनालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

उनीहरू दुवै जना घाइते भई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोड पठाइएको थियो । बस र बस चालक मोरङ सुन्दरहरैचा नगरपालिका-६ का ४० वर्षीय भूपाल देवानलाई प्रहरीले नियन्त्रणमा लिएको र सो घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ