arrow

निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत मात्र (तस्बिर)

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ३ शनिबार
new-parliament-building--singhadurbar.jpg

काठमाडौँ। प्रतिनिधिसभाको मङ्सिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरूको कार्यकाल नयाँ भवन देखि सुरु गर्ने  भनिए पनि चुनाव पछि तत्कालै सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनमा सर्न नपाउने भएका छन्। 

सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन्।

सिंहदरबारको पुतली बगैँचामा निर्माणाधीन संसद् भवनको भौतिक प्रगति ६० प्रतिशत मात्र पुगेको छ। विसं २०७६ असोज १६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त भवनको हालसम्मको वित्तीय प्रगति ६० प्रतिशत रहेको आयोजनाले जनाएको छ। सम्झौता अनुसार नयाँ संसद् भवन २०७९ असोज १५ गतेभित्र सम्पन्न हुनुपर्नेछ।

समयमै भवन निर्माण नहुँदा राज्यको वार्षिक १५ करोड रुपियाँ पुरानै ठाउँमा तिर्दैमा सकिएको छ। सङ्घीय संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेयका अनुसार, २०६५ सालदेखि संसद् बैठक बस्दै आएको नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको वार्षिक १५ करोड रुपियाँ भाडा तिर्नुपर्दछ।

कुल १५१ रोपनीमा निर्माणाधीन सङ्घीय संसद् भवन पाँच तले बन्नेछ। माथिल्लो सदन (राष्ट्रिय सभा), तल्लो सदन (प्रतिनिधि सभा), संसद् सचिवालय, राजनीतिक दलहरूका संसदीय दलको कार्यालय, विभिन्न समितिका भवन र सभा कक्ष तथा करिब तीन सय जना क्षमताको सुरक्षाकर्मी भवन छुट्टाछुट्टै निर्माण गरिनेछ।

आयोजनामा १२ वटा भवनसहित चार वटा गेट र ल्याण्ड स्केपिङ्ग पनि हुनेछ। सङ्घीय संसद् भवनमा प्रतिनिधिसभा, राष्ट्रिय सभा, सचिवालय, दलका कार्यालय, पुस्तकालय, चमेना गृहलगायत अत्याधुनिक संरचना हुनेछन्।

कूल रु सात अर्ब ७३ करोड ५२ लाख चार हजार ७३१ को लागतमा निर्माण हुने सो भवन मूल्यवृद्धि र विभिन्न कन्टिजेन्सीसहित करिब रु नौ अर्ब ६० करोडमा निर्माण हुने भएको जनाइएको छ।
 

New Parliament building -Singhadurbar1.jpg
New Parliament building -Singhadurbar2.jpg
New Parliament building -Singhadurbar3.jpg
New Parliament building -Singhadurbar4.jpg
New Parliament building -Singhadurbar5.jpg
New Parliament building -Singhadurbar6.jpg
New Parliament building -Singhadurbar7.jpg
New Parliament building -Singhadurbar8.jpg
New Parliament building -Singhadurbar9.jpg
New Parliament building -Singhadurbar10.jpg
New Parliament building -Singhadurbar11.jpg
New Parliament building -Singhadurbar12.jpg
New Parliament building -Singhadurbar13.jpg
New Parliament building -Singhadurbar14.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ