arrow

प्रदेशको चुनाव हारे गुरुराज घिमिरेले 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
gururaj-ghimire.jpg.jpeg
तस्बिर – फाइल ।

मोरङ । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरे प्रदेश १ को प्रदेश सभा सदस्यमा पराजित भएका छन् । मोरङ ४ क बाट घिमिरेलाई पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन् । 

चौधरी १५ हजार ४६५ मतका साथ निर्वाचित हुँदा घिमिरेले १५ हजार ५९ मत मात्र पाए । स्थानीय तहको चुनावमा वडाध्यक्षको उम्मेदवार बन्न खोजेका उनी त्यतिबेला उम्मेदवार बनेनन् । तर अहिले प्रदेश सांसदमा निर्वाचित भएका हुन् । 

आफू पराजित भएपछि घिमिरेले निर्वाचित चौधरीलाई बधाई दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ